सांसद सरिता गिरीको अभिव्यक्ति प्रति रास्ट्रिय युवा संघले आपत्ति

सांसद सरिता गिरीको अभिव्यक्ति प्रति रास्ट्रिय युवा संघले आपत्ति

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २८।

जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीको अभिव्यक्ति प्रति युवा संघले आपत्ति जनाएको छ।  सत्ताधारी दल नेकपाका केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा र सहसंयोजक रमेश पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै  नेपाल भारत सिमा विवादको बिषयमा सांसद गिरीले संसद र विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति प्रति युवा संघले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ। संसदको सदस्य निर्वाचित भई कार्यकाल सम्हाल्नु अघी संविधानको संरक्षण  र पालना गर्ने शपथ खाएको सांसदले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताकोविरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर समेत गरेको छ।

यस्ता अभिव्यक्तिले अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति  र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भत्सना गरेको छ।

‘यस्तो गैर जिम्मेवार व्यक्तिलाई सांसदलाई सदस्यबाट अविलम्ब फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई गंभीरतापूर्वक अनुरोध पनि गर्न चाहन्छ’ विज्ञप्तीमा भनिएको छ।  त्यसै गरि यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।  सांसद गिरीको अभिव्यक्ति प्रति संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र कार्वाही गर्न युवासंघको माग छ।

कानुनी कारवाहीको प्रक्रियामा नगएको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं निज सरिता गिरी र सम्वन्धित दल हुने चेतावनी समेत दिइएको छ। साथै पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका  घटनाहरुमा समेत संगठनको गम्भीर ध्यानाकर्षण समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।