पसल बन्द गर्न दवाव दिएकोमा नेपाल रास्ट्रिय व्यवसायी महासंघको आपत्ति
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २७।
काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् ।नेपाल रास्ट्रिय व्यवसायी महासंघले बिज्ञप्ति जारि गर्दै पसल खोल्ने निर्णय भएको जानकारी दिएको छ।
सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर पसल सञ्चालन गरे पनि विना कुनै छलफल एक्कासी बन्द गराउनु निन्दनीय भएको जनाएको छ।
ब्याज ,कर र भाडा मिनाहा लगायतका माग राखेको महासंघले व्यवासय खोल्ने वातावरण बनाइ दिन पनि सरकार संग माग गरेको छ।
तपाइँको प्रतिक्रिया ।