स्काई जोन पार्टी प्यालेसको होल्डिंग सेन्टरमा भूमी व्यवस्था मन्त्री पदमा अर्याल

स्काई जोन पार्टी प्यालेसको होल्डिंग सेन्टरमा भूमी व्यवस्था मन्त्री पदमा अर्याल

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २४ ।

काठमाडौंको धुम्बाराहीमा रहेको स्काई जोन पार्टी प्यालेसको होल्डिंग सेन्टरमा रहेका गण्डकी प्रदेशका नागरिकहरुलाई  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले बिदाइ गरेकी छन ।

शुक्रवार बेलुका युएई बाट स्वदेस फर्किएका गण्डकी प्रदेशका नागरिकहरुलाई सम्बोधन गर्दै मन्त्रि अर्यालले नेपालमा स्वागत गर्दै आफ्नो जन्मभूमि सम्म सुरक्षित तथा स्वस्थ यात्राको कामना गरेकी थिइन्।

विदेस बाट फर्किएका  गण्डकी प्रदेसका नागरिकहरुको फोकल पर्सनका रुपमा रहेकी मन्त्रि अर्यालले सो अवसरमा होल्डिंग सेन्टरको निरीक्षण गरेको स्काई जोन पार्टी प्यालेसका संचालक गोविन्द कटवालले बताएका छन।

नेपाल सरकारले विदेस बाट नागरिक ल्याउने क्रम शुरु गरे संगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्डिंग सेन्टर स्थापना गरिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।