सिद्देश्वर योग साधना केन्द्रको आयोजनामा जेष्ठ २५ (भोलि ) आकस्मिक रक्तदान हुने
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २४।
सिद्देश्वर योग साधना केन्द्रको आयोजना र प्रसुती गृह थापाथलीको संयोजनमा जेष्ठ २५ गते (भोलि ) आइतबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फ्रेन्डशिप युवा क्लवको प्रांगणमा १०.३० बजे बाट शुरु हुने सो रक्तदान कार्यक्रम बढ्दो रगतको मागलाई पूर्ति गर्नका लागि आयोजना गरिएको जानकारी दिदै सो कार्यक्रममा रक्तदान गर्न इच्छुक व्यक्तिहरुलाई सहभागिताका लागि आयोजक सिद्देश्वर योग साधना केन्द्रले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।