अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरियो

अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरियो

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २४ ।

अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ  बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा सो  कोरोना बीमा भएको हो ।

अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर नेपालको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।

समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले श्रमजिवी पत्रकारलाई केही राहत मिल्ने विश्वास लिएको  संघ र फोरमले जानकारी दिएका छन।
अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकार साथीहरुको कोरोना बीमाको लागि लाग्ने बीमाशुल्क तिरेर बीमा गराउन सहयोग गरेकोमा फ्रिडम फोरमप्रति संघ विशेष अभार व्यक्त गगर्दै  आगामी दिनमा पनि यो प्रकारको सहयोग र सहकार्यका लागि फोरमसँग संघले अपेक्षा  गरेकोप्रेस  बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।