नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको आकस्मिक रक्तदान सम्पन्न

नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन 

भक्तपुर ,जेष्ठ २३।
कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सो  रक्तदान कार्यक्रममा १४ महिला सहित ५५ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक एवम् उपशाखा सदस्य बिजय लामिछानेले जानकारी दिएका छन  ।

रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका–६ स्थित गितामन्दिर प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम हुने गरी कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सतर्कता अपनाइएको उपशाखा सचिव श्रीराम लामिछानेले बताए  ।
‘प्रत्येक १८ बर्ष उमेर पुगेका युवाले आफ्नो जन्मोत्सवस“गै रक्तदानको शुभारम्भ गरौं’ भन्ने सन्देश प्रवाह गर्न र रगतको अभाव न्यूनिकरण गर्न रक्तदानको आयोजना गरिएको उपशाखा सभापति सोम शर्मा (बजगाईं)ले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।