कोरोना संक्रमण विरुद्ध मापदण्ड अनुसार तयारी गरेकाले डराउनुपर्ने अवस्था छैन :ह्याम्स अस्पातल

कोरोना संक्रमण विरुद्ध मापदण्ड अनुसार तयारी गरेकाले डराउनुपर्ने अवस्था छैन :ह्याम्स अस्पातल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २३।

काठमाडौं धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचाररत दुई जना पुरुषमा कोरोना संक्रमण देखिए पश्चात अस्पतालले सम्पूर्ण सुरक्षा विधि अपनाएकोले डराउनु पर्ने अवस्था नरहेको जानकारी दिएको छ।

गत वुधवार पोखरा बाट सो अस्पतालमा उपचारका लागि आएका दुई पुरुषमा कोरोना देखिए पनि सो अस्पतालले विश्व स्वास्थ्य संगठन (WHO ) ले तय गरेको  मापदण्डको तह -३ अनुसारको तयारी गरिएकोले डराउनु पर्ने अवस्था नरहेको अस्पतालका अध्लेयक्ष आर एस भण्डारीले  कपन अनलाइनलाई जानकारी दिएका छन।

कोरोना संक्रमित ६० र ७४ वर्षका दुवै पुरुषको स्वास्थ्य अवस्था पहिलाको भन्दा सुधारोन्मुख रहेको बताउदै भण्डारीले  उनीहरुको इच्छा अनुसार नै सोहि अस्पतालमै उपचार गरिएको जानकारी दिएका  छन ।

कोभिड -१९ को प्रकोप संगै  कोरोना उपचारको प्रवन्ध मिलाएको ह्याम्स अस्पतालले  ति दुई संक्रमितको सम्पर्कमा आएका र उपचारमा संलग्न डाक्टर र अन्य व्यक्तिहरुसंग परामर्श गरिएको हालसम्म कसैमा पनि संक्रमणको लक्षण नदेखिएको अध्यक्ष भण्डारीले बताएका छन।

अहिले धेरै अस्पतालले कोरोना संक्रमितको उपचारमा उदासीनता देखाई रहेको अवस्थामा पनि ह्याम्स असपतालले स्वास्थ्य कर्मी तथा कर्मचारीहरुको सम्पूर्ण सुरक्षा व्यवस्था गरिएकोले जोखिम कम रहेको अध्यक्ष भण्डारीले बताएका छन ।

कोरोना संक्रमणको समाचारले त्रसित बनेका अस्पतालका विरामी ,स्वास्थ्यकर्मी तथा उनका आफन्त लगायत सम्पूर्ण शुभचिन्तकहरुलाइ संयम रहन आग्रह गर्दै सो अस्पतालले संक्रमित र उनीहरुको उपचारमा संलग्न स्वास्थ्य कर्मिको हौसला बढाउन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।