जोन्टा क्लब काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १९।
जोन्टा क्लब काठमाडौंले जेठ १८ गते आइतबार आफ्नो छैठौं वार्षिक साधारण सभा भर्चुअल रुपमा आयोजना गरेको छ । उक्त क्लबले औपचारिक रुपमा बाइएनीयम २०२०—२०२२ का लागि बोर्ड सदस्यहरुलाई स्वागत गरेको थियो जुन अध्यक्ष जोन्टियन सीमा गोल्छाको नेतृत्वमा रहेको छ । बार्डमा आगमन हुनेहरुमा जोन्टियन आभा शाह, जोन्टियन कमल केशरी तुलाधर, जोन्टियन मृदुला राजभण्डारी र जोन्टियन मुन प्रधान रहेका छन् ।
गत वर्षमा जोन्टाले गरेको कामहरुका भिडियो, प्रिजेन्टेसन र रिपार्टहरु पनि प्रस्तुत गरिएको थियो जसमा शिक्षाप्रतिको काम, महिला हिंसा विरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरु र विभिन्न वकालत र सशक्तिकरण कार्यक्रमहरु समावेश गरिएको थियो । तत्कालिन भूपु अध्यक्ष जोन्टियन मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँच जना नयाँ सदयस्यहरु पनि सम्मिलित भएका थिए ।
जोन्टा इन्टरनेशनलको सेन्टेनीयल रंग, निलो रंगको पहिरनमा सज्जिएका ५० भन्दा बढि सदस्यहरुको सहभागीताका वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
जोन्टा क्लब काठमाडौं एक गैर—सरकारी संस्था हो जुन जोन्टा इन्टरनेशनलको लक्ष्य र उद्देश्यलाई अगाडि बढाउन नेपालमा कार्यरत छ । यसले सेवा र वकालतको माध्यमबाट महिलाहरुको कानूनी, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र व्यावसायीक स्थीति सुधारका लागि काम गरिरहेको छ ।