राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलद्वारा पदभार ग्रहण

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलद्वारा पदभार ग्रहण

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १६।

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः नियुक्त भएका  माधव ढुंगेलले पदबहाली गरेका छन।

 सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा दोस्रो कार्यकालका लागि नियुक्त भएका ढुंगेललाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले आज सुक्रवार  सपथ गराएका छन ।

 अनेरास्ववियुका पुर्व तथा हाल  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रहेका ढुंगेल आगामी  चार वर्षअघि युवा परिषद्को कार्यकारी उपाध्यक्ष रहनेछन।

रामेछापका  पहिलो कार्यकालमा युवा परिषदको संस्थागत विकास र संजाल विस्तारमा महत्वपर्ण भूमिका खेलेका ढुंगेललाई  दोश्रो कार्यकालमा युवाहरुको क्षमता विकास,उत्पादनशील युवा उत्पादन र युवा आन्दोलनलाई सामाजवादी आन्दोलनको प्रभावशाली साझेदार बनाउने जिम्मेवारी प्राप्त भएको हो।

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा दोस्रो कार्यकालको सपथ ग्रहण तथा पदवहाली गर्दै ढुंगेलले आफ्नो  कामको मुल्याङकन गरि बिश्वास गरिदिएकोमा नेपाल सरकार र सहयोगीलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।