नेपाल सरकार प्रति आभार : मानव अधिकारको लागि महिला (WHR )

नेपाल सरकार प्रति आभार : मानव अधिकारको लागि महिला (WHR )

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १६।

मानव अधिकारको लागि महिला (WHR ) एकल महिला समुहले नेपाल सरकारले बजेटमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय गरेको मा हार्दिक आभार प्रकट गरेको छ।

सबै प्रकारको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने नेपाल सरकारको निर्णय सान्दर्भिक र उपयुक्त  समयमा भएको भन्दै सो समुहले सामाजिक सुरक्षाको हक कायम भएकोमा खुसि व्यक्त गरेको छ।

मानव अधिकारको लागि  महिला (WHR ) का संस्थापक अध्यक्ष लिली थापा र वर्तमान अध्यक्ष कुदा शर्माले एक बिज्ञप्ति जारि गर्दै समुहका ७७ वटै जिल्लामा रहेका एकल महिला तथा अभियन्ताहरुको तर्फ बाट नेपाल सरकार र सहयोगी प्रति आभार प्रकट गरिएको छ।

तपाइँको प्रतिक्रिया ।