वीरगन्जमा २१ जनाले कोरोना जितेर घर फर्किए

 वीरगन्जमा २१ जनाले कोरोना जितेर घर फर्किए

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

नारायणी अस्थायी कोभिड अस्पतालबाट  २१ जना कोरोना संक्रमित कोरोना जितेर  घर फर्किएका छन् ।सो  अस्पताल बाट  डिस्चार्ज हुनेमा ५  महिला र १६ जना पुरुष छन् ।

पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि  वीरगन्ज महानगरपालिकाका बासिन्दा ति  २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन  ।

गत वैशाख २७ र ३० गते कोभिड- १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।

वीरगन्ज महानगरपालिकाले  गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।