गोकर्णेश्वर नगरपलिका-४ का सात सहित २३ जनाको PCR नतिजा नेगेटिभ

गोकर्णेश्वर नगरपलिका-४ का  सात सहित २३ जनाको PCR नतिजा नेगेटिभ

कपन अनलाइन

काठमाडौं , जेष्ठ १३।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना देखिएका संक्रमित व्यक्तिको सम्पर्कमा आएका ७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

गोकर्णेश्वर  ४ स्थित किसिगालमा कोरोना सक्रमित व्यक्तिसंग सम्पर्कमा आएका ७ जना व्यक्तिमा RDT positive देखिएकोमा उनीहरुको PCR नतिजा नेगेटिभ आएको छ। नेपाल मेडिकल कलेजमा Isolation मा रहेका उनीहरुलाई जनप्रतिनिधिको रोहवरमा घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै पठाइएको अस्पताल श्रोतले जानकारी दिएको छ।

त्यस्तै उक्त वडाका ७ जना सहित अन्य १६ जनाको PCR नातिजा नेगेटिभ आएको गोकर्णेश्वर नगरपालिकाले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।