जुगल गाउँपालिका सिन्धुपाल्चोकमा अनलाइन तथ्यांक संकलन शुरु

जुगल गाउँपालिका सिन्धुपाल्चोकमा अनलाइन तथ्यांक संकलन शुरु

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११ /दिपक विक्रम देउजा 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले अनलाइन मार्फत गाउँपालिकामा स्थायी वसोवास भएका र  अध्ययन ,रोजगारी तथा अन्य कामका लागि अन्यत्र  रहेका गाउँपालिकावासीको तथ्यांक संकलन शुरु गरेको छ।

आधिकारीक तथ्यांक सङ्कलन गरि अनलाइन फर्म सुरु गरिएको बताउदै गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले गुगलको याप्स स्टोर /प्यस्टोरमा गहि shorturl.at/es jos मार्फत  अनलाइन फर्म भर्न सकिने जानकारी दिएका छन।

विसेद र स्वदेशका अन्य स्थानमा रहेका गाउँपालिकावासीको सहयोग र सम्पर्कका लागि यो सेवा शुरु गरिएको र पहिलो दिन २४ जनाले सो फर्म भरेको अध्यक्ष श्रेष्ठले जानाकरी दिएका छन।

सात वटा वडा रहेको जुगल गाउपालिका सिन्धुपाल्चोक  भूगोलमा  विकट क्षेत्रमा रहे पनि  सिमित आर्थिक श्रोतमा कार्यसम्पादन र रचनात्मक गतिविधि गरिरहेको गाउँपालिकाले  तथ्यांक संकलन पश्चात आगामी वर्षको बजेटमा कुनै विशेष योजना ल्याउने सम्भावना रहेको एक जनप्रतिनिधिले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।