बुढानिलकण्ठ -४ मा शव भेटिएका युवाको ठेगाना रामेछाप सुनपाती गाउँपालिका वडा नं ३

बुढानिलकण्ठ -४ मा शव भेटिएका युवाको ठेगाना  रामेछाप सुनपाती गाउँपालिका वडा नं ३

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा एक युवाको शव फेला परेको छ।अन्दाजी ३८ वर्षका ति युवाको शव झुण्डिएको अवस्थामा  भेटिएको थियो।

जेष्ठ १० गते बिहान १० बजेको समयमा रामेछाप जिल्ला सुनपाती गाउँपालिका वडा नं ३ स्थाई घर भई हाल बूढानीलकण्ठ वडा नं-४ स्थित रुद्रेश्वर चोकमा रहेको गम्भिर उप्रेतीको जग्गामा बनेको जस्ताको टहरामा भाडामा बस्दै आएका तेन्जीङ् शेर्पा रहेका  थिए।

शेर्पा टहराको छानामा रहेको बाँसको बलोमा केबुलको तारको पासो लगाई भुण्डी मृत्यु भएको भन्ने खबर प्रप्त हुनसाथ  घटनास्थल पुगेर  मुचुल्का  तयार पारी पोस्ट मार्टमका लागि  त्रि.बि शिक्षण अस्पतल पठाईएकोयस बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक  भुपेन्द्र  गिरीले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।