आक्रमण/संक्रमण ! (कविता )

आक्रमण/संक्रमण ! (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०/ त्रिलोचनआचार्य

आक्रमण गरी यौटा सीमा छेउ रमाउँछ
संक्रमण गरी अर्को छाती थिच्न खटाउँछ
पसेर सुस्तरी भित्रै यी पुग्छन् चल्मलाउन
यिनैका तुच्छ फन्दामा पर्दैछ छट्पटाउन ।

यौटा पिल्लरनै ढाल्ने ज्ञाता बिस्तारवादको
अर्को मानिसनै मार्ने सिपालु अपराधको
लामो हात गरी हाल्ने दुवैको भावना छ रे
खल्बल्याइदिने शान्तिदुवैको चाहना छ रे ।

खुसुखुुसु छुरा बोकी यौटाभित्र पसी सक्यो
लुसुलुसु पुगीभित्रै अर्कोले झन् डसी सक्यो
पस्दा बन्ने सियो जस्ता फाली भै निस्कने हुँदा
स्मशानब्युँझने गर्छ दूवैले गीतगाउँदा ।

पैलोको तोप गोलाले नित्य छाती फुटाउँछ
दोस्रो सुतेरु बिस्तारै आस्था लुट्छ लुटाउँछ
आए छिरे बढे शत्रु मेचीकाली तरी सके
दुवै नाँचेर यो धर्ती रणभूमि गरी सके ।

यौटा पर्खन्छ ढोकामाअत्याउँन सधैँभरि
अर्को चर्कन्छ कोठामा कामज्वरो चलेसरि
बिथोलियो सबै कामकहाँगोरु कहाँमियो ?
दुवैले अतिगर्नाले सतहत्तर खुम्चियो

आक्रमण छिमेकीले गर्दा दुख्छन् थला–थला
कोरोना रिपुझैँ गर्छ संक्रमण पला–पला
अन्त्यमा दुइटै भन्छन् पारौँला नि त सोत्तर
उठ हे ! वीर गोर्खाली जोगाउँनू छ यो घर ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।