नेपालको स्वाभिमान र राष्ट्रिय अखण्डता माथिको अपमान कदापी सहन सकिन्न :उपप्रधानमन्त्री ईश्वर पोखरेल

नेपालको स्वाभिमान र राष्ट्रिय अखण्डता माथिको अपमान कदापी सहन सकिन्न :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले छिमेकी मुलुक भारतलाई नेपालको स्वाधिनता, स्वाभिमान , राष्ट्रिय अखण्डता, सार्वभौम सत्तामाथिको अपमान कदापी सहन नसक्ने भन्दै भारतलाई कडा चेतावनी दिएका  छन।

मन्त्री पोखरेलले आफूहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले आफूहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने बताउदैका छन।

सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतले आफूले नेपालको नयाँ नक्सा नमान्ने  प्रतिक्रिया दिए  पछि मन्त्री पोखरेलले कसैले आफूहरुमाथि असमान र अपमानजक व्यवहार गरे कदापी नसहने बताएका हुन्।

तपाइँको प्रतिक्रिया ।