जुगल गाउँपालिकामा कोरोना विरुद्ध अग्रमोर्चामा रहेकालाई १ लाखको जोखिम विमा

जुगल गाउँपालिकामा कोरोना विरुद्ध अग्रमोर्चामा रहेकालाई १ लाखको जोखिम विमा

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ ८ /दिपक विक्रम देउजा

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्रमोर्चामा रहेका व्यक्तिहरुको लागि १ लाखको जोखिम  बिमा गर्ने निर्णय गरेको छ । साथै अग्र मोर्चामा रहेका कसैको RDT वा PCR नतिजा पोजिटिभ देखिएमा बिमांक रकम प्राप्त गर्ने निर्णय गरेको गाउँपालिकाको आकस्मिक बैठकले जनप्रतिनिधिको हकमा भने उक्त रकम आफैले बेहोर्ने जानकारी दिएको छ।

गाउँपालिकाको सेलांग मावी ,कालिका देवी मावी ,रत्न राज्य मावी जलदेवी मावीमा सुरक्षित आवास स्थल निर्माण गरिएको जानकारी दिदै गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गाउँपालिका बाहिर बाट आएका जो कसैले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने जानकारी दिएका छन।

त्यस्तै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका वारेमा विषयगत समितिको  छलफल थाल्ने जानकारी दिदै अध्यक्ष लामाले होम क्वारेन्टाइनमा बसेका हरुलाई आवस्यक मापदण्ड पुरा पालना गर्नका लागि अनुरोध गरेका छन।

केहि समय पहिला RDT परिक्षण गर्दा नतिजा पोजिटिभ देखिए पछी PCR नतिजा नेगेटिभ आएर जनताको सेवामा सक्रिय बनेका गाउँपालिका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले कोरोना विरुद्धको लडाई सचेतना र सजगताले जितिने भएको भन्दै देश भरि अग्र मोर्चामा रहेका व्यक्तिहरुको योगदानको उच्च सम्मान गर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।