बुढानिलकण्ठ -१३ चुनिखेलको एक घरबाट वरामद ६ सय लिटर घरेलु मदिरा नस्ट गरियो

बुढानिलकण्ठ -१३ चुनिखेलको एक घरबाट वरामद ६ सय लिटर घरेलु मदिरा नस्ट गरियो

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ८।

बुढानीलकण्ठ नगरपालिका वडा १३  टुसाल कुमारीमाई स्थान नजिकैको वस्तिका एक बिक्रेताबाट तयारी मदिराका साथमा मदिरा बनाउनका लागि चाहिने खाद्य वस्तुहरु नष्ट गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको उपस्थितिमा बुढानिलकण्ठ प्रहरीले  बरामद गरिएका सामाग्रीहरुलाई खुला स्थानमा लगि जलाएर नष्ट गरिएको छ।

वडा नं १३ मा रहेको एकै घर बाट करिव ६ सय लिटर घरेलु मदिरा र एक मिनिट्रक मदिरा र तोंग्वा बनाउने कच्च्चा पदार्थ वरामद गरिएको जानकारी दिदै वडा अध्यक्ष श्रेष्ठले उक्त कार्यमा संलग्नलाई कानुन अनुसार कारवाहीका लागि प्रकिया अगाडी बढाएको बताएका छन।

तपाइँको प्रतिक्रिया ।