भारतीय मिडियाको छटपटीले नेपालको दावीलाई बलियो बनाएको छ : मुख्यमन्त्री शंकर पोखरेल

भारतीय मिडियाको छटपटीले नेपालको दावीलाई बलियो बनाएको छ : मुख्यमन्त्री शंकर पोखरेल

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ८।

प्रदेस नं ५ को मुख्यमन्त्री तथा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का  स्थायी कमिटि सदस्य शंकर पोखरेलले भारतीय मिडियाको छटपटीले नेपालको दावीलाई बलियो बनाएको धारणा व्यक्त गरेका छन।

जेष्ठ ८ गते बिहान करिव ६ बजेर ४५ मिनेटमा पोखरेलले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार र तर्क राखेर बहस गर्न आँट गर्नु पर्ने बताएका छन।

नेपालको दावी कमजोर र आधारहिन भएकोभए भारतिय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन भन्दै मुख्यमन्त्रि पोखरेलले यसमा नेपाल पक्ष बलियो भएर एकतर्फी बहस भएको धारणा राखेका छन।

मुख्यमन्त्री पोखरेलको स्टाटस :

भारतिय मिडियामा भारतिय पक्षको जुनप्रकारको छटपटी देखिन्छ त्यसले नेपालको दावीलाईनै बलियो देखाउछ । यदी नेपालको दावी कमजोर र आधारहिन भएकोभए भारतिय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन । नेपाललाई चिनले उचालेको भनेर कुतर्क गर्नुपर्ने थिएन । भारतले त चिनलाई सडक वनाउन सहमत गराएकै थियो नि । तर नेपालको विरोधको आधार भएर नै उसले नेपाल र भारतले द्विपक्षीय वार्तावाट समस्या समाधानगर्न भन्नु परेको हो । भारतिय मिडियाले नेपाल पक्षको दावीको आधार र तर्क राखेर बहस गर्ने आट नगर्नुको कारण पनि नेपालको पक्ष बलियो भएर नै हो ।

तपाइँको प्रतिक्रिया ।