शंखरापुर नगरपालिकाले आज बाट पहलो मोर्चामा सक्रिय व्यक्तिहरुको RDT/PCR परिक्षण गर्ने

शंखरापुर नगरपालिकाले आज बाट पहलो मोर्चामा सक्रिय व्यक्तिहरुको RDT/PCR परिक्षण गर्ने

कपन अनलाइन

काठमाडौं जेठ ८ ।शंखरापुर नगरपालिकाले प्रथम चरणमा कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको पहलो मोर्चा (Front line ) मा  सक्रिय जोखिम समुहका व्यक्तिहरुको आज बाट आर डी टी/पी सी आर परिक्षण  गर्ने भएको छ ।पहिलो चरण अन्तरगत अग्रभागमा खटिने जनप्रतिनिधि, नगर कर्मचारी,  स्थानीय पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको  परीक्षण गर्ने तयारी गरेको शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठले जानकारी गराए ।उनका  अनुसार पहिलो  चरण अन्तर्गत आज जेठ ८ गते र भोलि ९ गते अग्रभागमा खटिएका जनप्रतिनिधि, नगर कर्मचारी, स्थानीय पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको  आर डी टि  परिक्षण गर्ने र आर डी टि  मा पोजिटिभ देखिए मात्र P.C.R गरिने जानकारी गराए ।

संक्रमणको  जोखिमलाइ  ध्यानमा राखेर सुषमा कोईराला मेमोरियल अस्पतालमा I.C.U र भेन्टिलेटर सहित तयारी अवस्थामा राखेको जानकारी गराउदै उनले  बाल क्षेत्र नेपालको चिहान पाटी तर्फको  पुरै भवन क्वारेन्टाइनको  रूपमा प्रयोगमा ल्याउनको लागि  तयारी अवस्थामा रहेको बताए । नगरापलिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइका अनुसार  आज  सुषमा कोईराला मेमोरियल अस्पतालमा जनप्रतिनिधि, नगर कर्मचारी, सरसफाईका कर्मचारी, स्थानीय पत्रकार र वडा नं. ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने तयारी गरिएको बताए  ।

त्यसै गरि पिपुल्स लाईफ केयर अस्पतालमा स्वास्थ्यकर्मी, वडा नं. ६ र ७ का जनप्रतिनिधि, स्थानीय पत्रकार, ६ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने जानकारी गराउदै  ईन्द्रायणी स्वास्थ्य चौकीमा वडा नं. ९ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी र वडा नं. ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने बताए  ।  त्यसै गरि उनले शहरी स्वास्थ्य केन्द्र घुमारचोकमा वडा नं. ८ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. ८ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण हुने पनि बताए  ।त्यसै गरी जेष्ठ ९ गते नाङ्गलेभारे स्वास्थ्य चौकीमा वडा नं. १ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. १ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने र शहरी स्वास्थ्य केन्द्र पटापमा वडा नं. २ का जनप्रतिनिधि, स्थानीय पत्रकार,  स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. २ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण हुने उहाँले जानकारी गराए  ।

उनले लप्सेफेदी स्वास्थ्य चौकी जहरसिंपौवामा वडा नं. ३ र ४ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिन लागेको पनि जानकारी गराए  ।पहिलो चरणको आर.डि.टी/पि.सि.आर परीक्षण पश्चात् दोस्रो चरणमा स्थानीय तरकारी व्यापारी, सामाजिक कार्यकर्ता लगायतकाको परीक्षण गर्ने र प्रत्येक घरधुरीमा १ जनाको परिक्षण गर्ने योजना रहेको पनि नगर प्रमुख  सुवर्ण श्रेष्ठले जानकारी गराए  ।

 

तपाइँको प्रतिक्रिया ।