बुढानिलकण्ठ नगरपालिकाको प्राङ्गण हात्तीगौडामा आकस्मिक रक्तदान हुने

बुढानिलकण्ठ नगरपालिकाको प्राङ्गण हात्तीगौडामा आकस्मिक रक्तदान हुने

कपन अनलाइन

काठमाडौँ,जेठ ७।  कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न  बुढानिलकण्ठ नगरपालिकाको प्राङ्गण हात्ती गौडामा आकस्मिक रक्तदान हुने भएको छ । आफु जोगिदै अरुलाई पनिजोगाउदै सामाजिक दुरी कायम गर्दै रक्तदान गरौ !पुण्य कमाउ भन्ने मूल नाराको साथमा नेपाल स्वास्थ्य स्वयंसेवी संघ बुढानिलकण्ठ नगर कमिटिले जेठ ८ गते बिहिबार आकस्मिक रक्तदान गर्न लागेको हो ।

कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएका छन । रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा बिहिबार बिहान  ११ बजे देखिशुरु   हुने उक्त रक्तदान कार्यक्रममा रक्तदान  गर्न इच्छुक रक्तदाताहरुलाई उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।