महानगरीय प्रहरी प्रभाग मुलपानीलाई एनटिए द्वारा मास्क सहयोग

महानगरीय प्रहरी प्रभाग मुलपानीलाई एनटिए द्वारा मास्क सहयोग

कपन अनलाइन

काठमाडौँ,जेठ ७। कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आइरहेको नेप्लिज तेक्वान्डो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका अशोक खड्काले आफ्नो व्यक्तिगत खर्चमा  आज कागेश्वरी मनोहरा नगरपालिका स्थित महानगरीय प्रहरी प्रभाग मुलपानीमा  कार्यरत प्रहरीहरुको लागि मास्क सहयोग गरेका  छन  ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री अन्तर्गत KN95 मास्क ८ थान र नर्मल मास्क २५ थान सहयोग गरेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले बताए। उक्त सामग्री उनले महानगरीय प्रहरी प्रभाग मूलपानीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  जयेन्द्र बस्नेतलाइ  आज हस्तान्तरण गरेका हुन् ।

अशोक खड्काका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए ।उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सहयोग गरेको बताए । सामग्री ग्रहण गर्दै महानगरीय प्रहरी प्रभाग मुलपानी कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  जयेन्द्र बस्नेतले सहयोगको लागि धन्यवाद दिएका थिए ।साथै उनले सो मास्क सो प्रभागमा कार्यरत प्रहरीहरुलाई वितरण गरेका थिए ।

त्यसै आज नै एनटिएले ५ जना राष्ट्रिय पारा खेलाडीहरु सहित १६ जना तेक्वान्डो खेलाडीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।कोरोना रोक थामका लागि सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका खेलाडीहरुलाई नेप्लिज तेक्वान्डो एकेडेमी मार्फत नेपाल आर्मीका कर्णेल सुमन खड्का का पिता नेत्र बहादुर खड्का आमा सानु मैया खड्का तथा  तेक्वान्डो प्रशिक्षक मास्टर सैलेन्द्र सुल्प्या जोशीबाट प्राप्त सामग्री एन टिएका  अध्यक्ष एबम अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका अशोक खड्काको सक्रियतामा वितरण गरिएको हो उनले १ बोरा चामल , दाल , नुन , तेल , चिनी लगायतका खाद्यान्न हस्तान्तरण  गरेका हुन्।

 एकेडेमी मार्फत कागेश्वरी मनोहरा नगरपालिकाका १ देखि ९ वडा, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मजदुर, गरिब, अपाङ, बाल आश्रम, बृद्धा आश्रम, सुकुम्वासीलगायतलाई खाद्यान्न लगायतको सहयोग गर्दै आएको छ  त्यसै गरि स्वास्थ्य चौकी र प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको एनटीएले पशुपंक्षि र बाँदरलाई पनि आहारा खुवाउदै आएको छ ।

स्वदेशी तथा विदेशी शुभचिन्तकको सहयोगमा हालसम्म करिब ४ लाख ५० हजार रुपैयाँ भन्दा बढी बराबरको राहत प्रदान गरिसकेको खड्काले जानकारी दिए । कुल खर्चमा खड्काको पनि व्यक्तिगत ५० हजार रुपैयाँ योगदान रहेको छ । हाल सम्म एन टि ए मार्फत २७२ परिवारलाइ खाद्यान्न लगायतको सामग्री सहयोग गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया ।