हार्दिक श्रद्दा सुमन जननेता कमरेड मदन भण्डारी

हार्दिक श्रद्दा सुमन जननेता कमरेड मदन भण्डारी

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २७ औ स्मृति दिवस हो।तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

सोभियत संघको विघटन पश्चात अत्यन्त रक्षात्मक बनेको विश्व कम्युनिस्ट आन्दोलनमा सृजनात्मक रुपमा जनताको मतको सम्मान गर्दै त्यसैको बलमा आमुल परिवर्तन गर्न सकिने भन्दै भण्डारीले अगाडी सारेको जनताको बहुदलीय जनवाद को आलोकमा तत्कालिन नेकपा एमाले २०४८ शालको निर्वाचनमा ६९ सिट सहित प्रमुख प्रतिपक्षी दल बनेको थियो।

पुन्यराज पुडासैनी

२०४६ शालमा संविधान जारि भए संगै पार्टी महासचिवका रुपमा सार्वजनिक भएका भण्डारीले तत्कालिन संविधानमा २७ बुदे असहमति राख्दै संयुक्त बाम मोर्चा मार्फत नेपालको कम्युनिस्ट आन्दोलनमा एकिकरणको पहल गरेका थिए।

संविधान जारी भए पश्चात खुल्ला मन्चमा भएको जनसभामा स्व. राजा वीरेन्द्रलाई निर्वाचन लड्न  खुल्ला चुनौती दिने स्वर्गीय भण्डारीले पहिलो पटक राजा संग भेट पश्चात छलफलमा भएका विषयहरु संचार माध्यमलाई जानकारी गराउने प्रयास शुरु गरेका थिए।

२०४८ शालको आम निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित बनेका मदन भण्डारीलाई यो विजयले विश्व कम्युनिस्ट आन्दोलनको नबिन विचारकका रुपमा स्थापित गराइदियो भने टुक्रा टुक्रामा रहेको नेपालको कम्युनिस्ट आन्दोलनमा पनि मूल प्रवाहको स्थापना गरिदियो।

जनजीविका र राष्ट्रियताको विषयमा सरल,स्पस्ट अनि गम्भीर विचार प्रवाह गर्ने प्रखर वक्ता भण्डारी जनताको बहुदलीय जनवादका १३ विसेस्ताका वारेमा ब्याख्या गर्दै कार्यकर्ता र नेताहरुको आचरण ,जीवन शैली र संगठनको सपाट अवधारणा अगाडी सार्दै सो समय रहेका  अथाह प्रतिकुलता संग जुध्न सक्ने कार्यकर्ताको पुस्ता नै निर्माण गर्न सफल बनेका थिए।

२००९ साल आषाढ १४ गते ताप्लेजुंग जिल्लाको ढुंगेसाँघुमा जन्मिएका भण्डारी पहिलो पटक सार्वजनिक हुदा उनलाई सागर ,स्वेत सार्दुल ,समर सिंह ,वर्वरिक आदि नामले चिनेका धेरै जनाले उनको सादगी र सरलताको स्मरण गर्दै सम्मान प्रकट गर्ने गरेका छन।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि  राजनीतिमा लागेका भण्डारीले  २०२९ सालमा पुष्पलालको पार्टीले बनाएको जनवादी  सांस्कृतिक मोर्चाको केन्द्रिय सदस्यका रुपमा सक्रिय रहदै २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएका थिए ।

अन्याय सहन नसक्ने बिद्रोही स्वभाव, विषयवस्तुको ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले भण्डारीलाई नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व लिने यात्रामा निकै सहजता प्रदान गरेको थियो। 

पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्व को अर्डिनेसन केन्द्रमा आवद्ध भई २०३५ सालमा नेकपा मालेको स्थापना हुदा भण्डारी केन्द्रिय सदस्य बनेका थिए।

२०४१ साल वैशाखमा पार्टीको पोलिट ब्युरो सदस्य हुदै २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा बाट जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा पारित गराउदै पार्टीको महासचिव बनेका भण्डारी जनमतका आधारमा शक्तिशाली कम्युनिट पार्टी निर्माण गर्ने जनप्रिय नेता बनेका थिए।

जननेता  मदन भण्डारी र जनताको बहुदलीय जनवाद :

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिको कुशल र समय सापेक्ष ब्याख्या सहित तात्कालिक परिस्थितिको वस्तुनिस्ट विश्लेषण गर्दै जननेता मदन भण्डारीले गदै सारेको नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको विकासको नविन सोच नै जनताको बहुदलीय जनवाद हो।

नेपाल कम्युनिस्ट पार्टी एमालेको २०४९ शाल माघ १४ देखि २० गते सम्म भएको महाधिवेसनमा दस्तावेजको शुरुवातमै कार्यक्रम पार्टीले सार्वजनिक रूपमा अगाडी सारेको कार्यक्रम  लक्ष्यहरूको झण्डा रहेको र त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्ने शैदान्तिक अवधारणा अगाडी सारेका थिए।

नेकपा मार्क्सवादी संग एकीकरण गरि मनोमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चुन्दै सम्पन्न भएको नेकपा माले र मार्क्सवादीको एकीकरणले नेपालको कम्युनिस्ट आन्दोलनमा बौद्धिक प्रौड व्यक्तित्व र युवा चिन्तक संगठकहरुको शशक्त पार्टी निर्माण गर्यो।

उक्त पार्टीलाई शैदान्तिक र सांगठानिक रुपमा दरिलो बनाउन कहिले  “सिदान्तको रंग हरियो हुन्छ तर जीवनको रंग खैरो हुन्छ ” त् कहिले ” जिवनका लागि सिदान्त हो सिदान्तका लागि जीवन हैन” भन्ने मुलमन्त्र अगाडी सारेका थिए जसको जग निर्माण गरिदिएको थियो जनताको बहुदलीय जनवाद नामक कार्यक्रमले जसलाई विभिन्न महाधिवेसनले सिदान्त हुदै पार्टीले मार्गदर्शक सिदान्तका रुपमा अवलम्बन गरेको थियो।

“क्रियाशीलताले नै अस्तित्वको निर्माण गर्छ र अस्तित्वले जिम्मेवारी सिर्जना गर्दछ” भन्दै विश्व कम्युनिस्ट आन्दोलनमा नबिन प्रयोग  नेपाली कम्युनिस्ट आन्दोलनलाई फरक दिशा र उर्जाशील गति दिने पार्टी निर्माणको नेतृत्व गरेका भण्डारीको अदम्य साहसको आधार र जग थियो जनताको बहुदलीय जनवाद।

जनताको बहुदलीय जनवादको वारेमा पार्टी भित्र बहस सिर्जना भैरहदा २०४३ शालको रास्ट्रिय पंचायतको चुनावमा जनपक्षीय उम्मेदवार मार्फत प्रजातन्त्र माग गर्ने भण्डारीको प्रस्ताव स्वीकार गर्दा ४ जना रास्ट्रिय पंचायत सदस्य निर्वाचित बनेका थिए।

पंचायती व्यवस्थाको मूल थलोमा आफ्ना प्रतिनिधि उपस्थित गराएर पार्टी भित्रको शैदान्तिक बहसलाई नया ढंगमा उठाएका भण्डारीले सामन्तवाद, दलाल,नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषहरूलाई कानुनसम्मत ढंगले निर्मूल गर्ने उद्घोष गरेका थिए।

जनताको बहुदलीय जनवादको अवधारणाको दार्शनिक,राजनीतिक र सामाजिक पक्षहरुको ब्याख्या र कार्यान्यनका लागि जननेता मदन भण्डारी संग  पार्टी महासचिवका रुपमा सार्वजनिक भएको मितिले केवल ३ वर्ष ६ महिना ७ दिनको समय रहेको थियो।

“राजनीतिमा थकाई भन्ने शव्दावली हुदैन” भन्दै जननेता भण्डारीले यति छोटो समयमा नै निर्वाचनमा कम्युनिस्ट पार्टी विच सहकार्य गर्दै  पार्टी एकीकरण गर्दै  जनताको बहुदलीय जनवादलाई अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा बहसको विषय बनाउन सफल बनेका थिए।

कसैले स्यावासी दिए उफ्रिने र कसैले निन्दा आलोचना गरे मरिच जस्तो खुम्चिने पार्टी हैन सिधै जनता संग जोडिने सृजनात्मक पार्टी निर्माण गर्ने शैदान्तिक मार्गका रुपमा जनताको बहुदलीय जनवादलाई अगाडी सारेका भण्डारी आफ्ना अविश्राम सहयात्री जीवराज आश्रित संगै  कास्की जिल्ला बाट फर्कने क्रममा चितवनको दासढुंगामा अस्ताएका थिए।

“संघर्षको कुनै सिमा र अवधि हुदैन”  भन्दै नेपालको कम्युनिस्ट आन्दोलनको मूल शैदान्तिक मार्गका रुपमा स्थापित गराउनका लागि  भण्डारीले अगाडी सारेको जनताको बहुदलीय जनवादका वारेमा खुल्ला बहस नै उहा प्रतिको सच्चा श्रदा सुमन हुनेछ।

फोटो सौजन्य :मुकुन्द न्यौपाने (स्थायी कमिटि सदस्य नेकपा )

तपाइँको प्रतिक्रिया ।