चन्द्रागिरी ८ मा संचालित निशुल्क भोजन अभियान स्थगित गरिएको छ :वडा अध्यक्ष सन्तोष खड्का

चन्द्रागिरी  ८ मा संचालित निशुल्क भोजन अभियान स्थगित गरिएको  छ  :वडा अध्यक्ष सन्तोष खड्का

कपन अनलाइन

काठमाडौं,जेठ ३ ।चन्द्रागिरि नगरपालिका वडा नं ८ मा जारी रहेको लक डाउन प्रभावितहरुलाई निशुल्क भोजन गराउने अभियान स्थगित भएको छ। चन्द्रागिरी नगरपालिकामा कोरोना भाइरसको संक्रमित भेटिए संगै उक्त अभियान समेत स्थगित गरिएको वडा अध्यक्ष सन्तोष खड्काले  जानकारी गराए ।२०७७/०१/२२ गते देखी शुरु गरिएको निशुल्क खाना खुवाउने अभियान स्थगित गरिए संगै लकडाउनका कारण प्रभावित  वास्तविक बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि एक महिनालाई पुग्ने खाद्यान्न उपलब्ध गराई अर्को निर्णय नहुनजेल सम्मका लागि खाना खुवाउने अभियान स्थगीत गरिएको पनि बताए ।

 

 यस अघि चन्द्रागिरी ८ मा पहिलो चरणमा वडा बाट १०४३ जनालाई राहत बितरण गरिए संगै खाना खुवाउने अभियान सुरु गरिएको थियो ।त्यस्तै उनले चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस कोभिड -१९ को संक्रमित ब्यक्ति दिन प्रतिनिधि बढ्दै गएको हुँदा ८ नं वडा को केहि स्थान अति संबेदनशील स्थान भएको र अनावश्यक मानिसहरु आवतजावत  गर्दा संक्रमण बढ्न सक्ने भएको हुँदा जेठ ३ गते शनिबार  अपरान्ह  १२  बजे अत्यावश्यक सवारीलाइ मात्र  वडा तथा नगरको सिफारिसमा आवतजावत गर्न दिने  गरि सिल गर्न लागिएको पनि जानकारी गराए ।उनले विषम परिस्थितिमा सबैको सहयोग आवश्यक रहेको बताउदै लकडाउनको पूर्ण रुपमा कार्यन्वयन गरि सुरक्षित रहन पनि अनुरोध गरेका छन। साथै कुनै पनि समस्या आइपरेमा जनप्रतिनिधिहरुलाई खबर गर्न समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।