काठमाडौं महानगरपालिका वडा नं ७ को अभियानमा सेन्ट लरेन्स कलेज चावहिलको सहयोग

काठमाडौं महानगरपालिका वडा नं ७ को अभियानमा सेन्ट लरेन्स कलेज चावहिलको सहयोग

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २।

सेन्ट लरेन्स कलेज ,काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलले वडा नं ७ को प्रकोप नियन्त्रण तथा रोकथाम अभियान र राहत व्यवस्थापनका लागि सहयोग गरेको छ।

कलेजका अध्यक्ष केशव प्रसाद दंगालले उक्त कलेजको तर्फ बाट ५५ हजार काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए।

काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल र क्याम्पस प्रमुख पुरुषोत्तम प्रधानको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष दंगालले वडाले विषम परिस्थितिमा निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिदै कलेजले आफ्नो आर्थिक सामाजिक दायित्व निर्वाह गर्दै सहयोग गरेको बताएका थिए।

 

तपाइँको प्रतिक्रिया ।