लकडाउन उल्लंघन गर्नेलाई मेलम्ची प्रहरी प्रमुखको एक घण्टा सचेतना कक्षा

लकडाउन उल्लंघन गर्नेलाई मेलम्ची प्रहरी प्रमुखको एक घण्टा सचेतना कक्षा

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २।

मेलम्ची नगरपालिकाका विभिन्न क्षेत्रमा लक डाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई मेलम्ची प्रहरीले नियन्त्रणमा लिएको छ। बिश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणलाई रोक्न तथा त्यसको असरबाट बच्न नेपाल सरकारले लागु गरेको लकडाउन उलङ्घन गरी जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.११ मेलम्ची बजार लगाएत आसपासमा पैदल हिड्ने ४  महिला र  १६ जना पुरुष गरि जम्मा २० जनालाई नियन्त्रणमा लिईएको थियो।

म्यान क्याचरको प्रयोग गरि नियन्त्रणमा लीइएका व्यक्तिहरुलाई   मेलम्ची प्रहरी  प्रमुख  निरीक्षक फल बहादुर तामाङले COVID-19 को संक्रमण तथा रोकथामको उपाय, लकडाउन र हात धुने सम्बन्धि बारे १ घण्टा सचेतना मुलक प्रशिक्षण दिएर चेतावनी सहित छाडिएको प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ।

साथै लकडाउनको उल्लंघन गर्ने  १५ वटा मोटरसाईकललाई   नियन्त्रणमा लिई ट्राफिक जरिवाना गरि छाडिएको मेलम्ची प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।