कोरोना ! (गजल )

कोरोना ! (गजल )
कपन अनलाइन
काठमाडौं ,बैशाख २४ /अर्जुन प्रकाश भुसाल
हिजो भन्दा आज, आज भन्दा भोली सख्या बढिरहेको देख्छु।
मतसंख्या हो कि शवसंख्या, झन् माथि चढिरहेको देख्छु।।
विश्व चुनावको नतिजा झै धेरै संख्या आउने लोभमा कोही
एक पछि अर्को, तेरो भन्दा मेरो कस्को धेरै पढिरहेको देख्छु।
एउटा सानो भाईरसले आज,मान्छे देखि मान्छे भागीरा’छ
कहिले शहर कहिले गाॅउ मान्छे यता उता गरिरहेको देख्छु।
ईटली, अमेरिका, स्पेन, जर्मनी हुदैं ईन्डिया सम्म आयो
लासै लासको जाम खुल्ला सडकमा लडिरहेको देख्छु।
पृथ्वी मात्रै कहाॅ होर, अन्तरिक्ष कब्जा गर्न दौडेको मान्छे
आणविक, रासायनिक हतियार आज सडिरहेको देख्छु।
तपाइँको प्रतिक्रिया ।