नगरस्तरीय विपद व्यवस्थापन कोषमा शंखरापुर नगरपालिका वडा नं १ को सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख २४ । शंखरापुर नगरपालिकाको नगरस्तरीय विपद व्यवस्थापन कोषमा रकम जम्मा हुने क्रम जारि रहेको छ। त्यसै क्रममा मंगलबार शंखरापुर नगरपालिका वडा नं १ ले पनि आर्थिक सहयोग प्रदान गरेको छ ।उक्त कोषमा वडाले ८५ हजार २ सय १५ रूपैया जम्मा गरेको हो ।नगरपालिकामा एक कार्यक्रमका बीच शंखरापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्याममणि ढुंगानाले नगर प्रमुख सुवर्ण श्रेष्ठलाइ हस्तान्तरण गरेका थिए।
विषम संकटको समयमा वडाका पेशाकर्मी, किसान, राजनितिककर्मी ब्यबसायी तथा समाजसेवीहरु स्व इच्छा बाट प्राप्त रकम संकलन गरि नगरपालिकालाई हस्तान्तरण गरेको वडा अध्यक्ष ढुंगानाले जानकारी गराए। सहयोगि हातहरु लाई धन्यवाद दिदै नगर प्रमुख सुवर्ण श्रेष्ठले कोरना भाइरस रोकथामको लागि नगरले गरेको प्रयास बारे अबगत गराउदै विश्वभरी फैलिएको महामारी बिरुद्ध लड्न सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।उनले एक द्वार प्रणाली अनुरुप नगरपालिकामा राहत वितरण गरेको जानकारी गराए ।दाताहरु बाट प्राप्त सहयोग फिल्डमा स्वास्थ्यकर्मीहरुको लागि आबश्यक बन्दोबस्तीका सामान , बिपन्न तथा ज्याला मजदुरी गरि खानेहरुलाइ राहत वितरणमा खर्च गरिने नगरप्रमुख श्रेष्ठले जानकारी गराए ।