काठमाडौं महानगरपालिका वडा नं ९ मा राहत वितरण

काठमाडौं महानगरपालिका वडा नं ९ मा राहत वितरण

कपन अनलाइन 

काठमाडौं ,बैशाख २४।
काठमाण्डौं महानगरपालिकावडा नं ९ ले करिव ५५ सय कोरोना महामारीको चरम संकटमा परेका मजदुर तथा विपन्न परिवारका लागि राहत वितरण गरेको छ।

विपन्न परिवारलाई मापदण्ड भित्र रहेर  घर घरमा पुगेर रहात वितरण गरेको  सो वडाका विभिन्न क्षेत्रमा राहत वितरण गर्दै आएको छ। यसै क्रममा  काठमाण्डौं महानगरपालिका र सर्वाङगिण विकास संस्थाले उपलब्ध गराएको राहतलाई समस्यामा परेका परिवारलाई वितरण गरिएको र बन्दाबन्दीको समय लम्बिदै जाने अवस्थालाई मध्येनजर गर्दै दाता तथा संघसंस्थासँग सम्मन्वय भैरहेको वडा नं ९ कि  सदस्य सिर्जना भेटवाल खरेलले जानकारी दिएकी छन् ।

उनले बन्दाबन्दीको अवस्था निरीक्षण गर्ने र समस्यामा परेका व्यक्तिहरुको पहिचान गर्दै  सरदर ४ जनाको परिवारमा ७ केजी चामल, १ केजी चिउरा, आधा केजी दाल र आधा लिटर तेल अपुग रहेको भन्दै यसका लागि वडाले अध्ययन गरिरहेको जानकारी दिएकी छन।

यस्तो विषम परिस्थितिमा आजसम्म राहत उपलब्ध गराउने सबै संघसंस्थालाई  धन्यवाद दिदै वडा नं ९ का अध्यक्ष  रामकृष्ण श्रेष्ठले  अन्य संघसंस्था तथा दातालाई थप सहयोग गर्नका लागि अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।