बन्दाबन्दी र म (बाल गीत )
कपन अनलाइन
काठमाडौं ,बैशाख २२ /कृष्ण सुवेदी
बालबालिकामा सकारात्मकता अभिबृद्धि गराैँ । उनीहरूलाई सिकाई, सूचना र मनाेरञ्जनका साथै याे अवस्थामा उनीहरूमा हाम्रा संस्कृतिका राम्रा कुरा बढिभन्दा बढी पुर्याउन प्रयास गराैं । परिवारसँग बिताउने उनीहरूकाे अमूल्य क्षणहरूलाई अर्थात् याे समयलाई सार्थक बनाअाैं । चूनाैतिलाई अवसरमा फेर्न प्रयत्न गराैं भन्दै केही गीतहरूकाे सिर्जना गर्न प्रयास गरिएकाे छ ।
साना साना कुराले दैनिक जीवनका अभ्यासमा ठूला प्रभाव पार्दछन् । यहाँ तिनै मसिना कुरालाई गीतमा उन्ने र समग्रमा बालापनलाई सुन्दर मालाका रूपमा प्रस्तुत गर्ने प्रयास हाे ।
(चाैथाे थुँगा)
पैला पैला सानाे भाइ
शनिवार भेट्थेँ
उसैसँग खेल्दै खेल्दै
रमाइलाे गर्थें
अरु दिन विहानै
कापीकलम बाेकेर
म त स्कुल जाने गर्थें
पाठ घाेकेर
बन्दाबन्दी बढेर
मैना पनि नागेछ
घरै बसी लेख्ने पढ्ने
अब बानी लागेछ
सानाे भाइ सँग खेल्दै
रमाइलाे गर्दै
ताेतेताेते उस्का कुरा
बुझ्न लागेँ सबै
सानाे पुन्टे अव मेराे
पछि पछि आउँछ
मलाई पनि अव उस्काे
धेरै माया लाग्छ