टोखा नगरपालिका वडा नं २ ले मासुको विक्री मूल्य तोक्यो

टोखा नगरपालिका वडा नं २ ले मासुको विक्री मूल्य तोक्यो

कपन अनलाइन

काठमाडौं ,बैशाख २२।

टोखा नगरपालिका २ नं वडा कार्यालयले राँगाको मासुको मुल्य निर्धारण गरी सोही अनुसार बिक्रि वितरण गर्न मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुलाई पत्रचार मार्फत निर्देशन गरेको छ ।

कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा मासु व्यवसायीहरुले मनपरि मुल्य लिने गरेको भन्दै जनगुनासा आउन थाले पछि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन पश्चात दिएको जानकारीको आधारमा वडा कार्यालयले राँगाको मिश्रित मासु प्रति के.जी ३२०।- र फल मासु ३७०।- मुल्य निर्धारण गरी मासु व्यवसायीहरुलाई पत्रचार गरिकएको वडा कार्यालयले जानकारी दिएको छ।

कोभिड-१९ विषम परिस्थितिमा मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुले मनपरि रुपमा प्रति के.जी रु ४०० देखि ५००।- सम्म लिने गरेको गुनासो बढे संगै वडाले कडाउनको समयमा भीडभाड नगरी समाजिक दुरी कायम गरीबंधशाला मापडण्द अनुसार देखिने गरी मूल्य सूची राखि बिक्री वितरण गर्न समेत वडा कार्यालयले  निर्देशन दिएको छ ।

वडाले जारी गरेको पत्राअनुसार कार्य भए नभएको वडास्तरीय खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन गरी अट्टेर गरेको पाइएमा स्थानीय सरकार संचालन ऐन तथा नेपालको पशुबंध ऐन अनुसार कारबाही गरिने वडाले जनाएको छ ।फोटो सौजन्य :न्युज अफ टोखा

तपाइँको प्रतिक्रिया ।