श्रमिक तिमी (कविता)

श्रमिक तिमी (कविता)

कपन अनलाइन 

धादिंग ,बैशाख २०/सीता ढुंगाना 

श्रमिक तिमी त्यो प्राणी हौ
करडौंको प्राण भर्ने प्राणी
आफ्नै इच्चा पटक पटक मार्ने प्राणी ।

संसार  आज जे छ
तिम्रो पसिनाको सुगन्धले सजिएको छ
आलिसान शहर बनाएका  छौ।

कतै टनका टन फसल फलाएका छौ
तिमी भने दिनभरी काम गरेर।

बेलुकाको एक छाक टार्ने प्राणी ।
तिम्रो जीवन माझिदाइ को झै छ
बर्सौं तिमी श्रम गर्छौ, तेहि श्रमिक

भुमिमै आकुल ब्याकुल सहिरहन्छौ
घरेलु श्रमिकको त केही अभिलेख नै छैन अझै
वास्तविक श्रमिक तिमी जसका निम्ति श्रम गर्छौ


ती नौ समुन्द्र सयर गरेर फर्कदा सम्म
तिम्रो जीवन प्राय सकिन लाग्छ
तिम्रो हात खुट्टा सुस्ताउन थाल्छ।
यति बेलाको लागि तिमिलाइ राज्य चाहिन्छ
राज्यलाइ तिमी जीवन भर चाहिन्छ
तर तिमी यो खुल्न नसक्ने अमुक प्राणी हौ।

तपाइँको प्रतिक्रिया ।