टोखा नगरपालिकामा “सदभाव निःशुल्क भोजन” अभियान शुरु

टोखा नगरपालिकामा “सदभाव निःशुल्क भोजन” अभियान शुरु

कपन अनलाइन

काठमाडौं ,बैशाख २०।

टोखा नगरपालिका ३ वडामा अवस्थित सदभाव व्याङ्क्वेट तथा टोखा ब्याडमिन्टन एकेडेमीले आजबाट सदभाव  निःशुल्क भोजन अभियान शुरु गरिएको छ।

लकडाउनको विषम परिस्थितिमा टोखा नगरपालिकाको विशेष अनुरोधमा सद्भाव ब्याङ्क्वेटले दैनिक ज्याला मजदुरी गर्ने दिनदुसी असहाय विद्यार्थी तथा निम्न आय भएकालाई निःशुल्क खाना खुवाउन “सदभाव निःशुल्क भोजन अभियान” सुरु गरिएको सद्भाव व्याङ्क्वेट तथा टोखा ब्याडमिन्टन एकेडेमीका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताएका छन् ।

सो  अभियानमा सहयोग गर्न इच्छुक महानुभाव तथा संघसंस्थाहरुलाई सहयोग गर्न समेत अध्यक्ष धर्मेन्द्र श्रेष्ठ आग्रह गरेका छन् ।उक्त अभियानमा सहयोग गर्नका लागि  सम्पर्क गर्न सकिने श्रेष्ठले जानकारी दिएका छन।

सम्पर्क नं :९८५११००००१, ९८५१०५६२४७, ९८४९०७४१५३

तपाइँको प्रतिक्रिया ।