२०७६ सालमा प्रकाशित नेपाली पुस्तकहरु
कपन अनलाइन
काठमाडौं ,बैशाख १६ /प्रशुराम अधिकारी
नेपालमा हरेक वर्ष विभिन्न खालका पुस्तकहरु प्रकाशनभईरहेका छन् । यो क्रम वर्षैपिच्छे बढीरहेको छ । खासगरी वि.सं. २०६२ पछि लेखन, प्रकाशन र पठन संस्कृतिले गति लिन थालेको थियो ।
जुन समय बजारमा आख्यानका किताबहरु विशेषतःउपन्यासको एक छत्र राज थियो । २०७२ सालको भुकम्पले र डिजिटल प्रविधिको विकासले पुस्तक प्रकाशनको गतिलाई केही घटाइदियो । साथै पाठकको रुचिमा पनि केही परिवर्तन देखिन थालेको छ । आख्यानको पकडमा रहेको पुस्तक बजारमा क्रमशः गैर आख्यानले पकड जमाउन थालेको महसुस हुनथालेको छ ।
वि.सं. २०७६ सालभरी नेपाली साहित्य तथा भाषामा कुन र कस्ता पुस्तक प्रकाशित भए भनेर यस लेखमा चर्चा गरिएको छ । वर्षभरि प्रकाशित पुस्तकहरुलाई समेट्न खोजिएको भएपनि प्रकाशित पुस्तकहरुको लेखाजोखा र अभिलेख राख्ने कुनै पनि सरकारी तथा गैरसरकारी निकाय नभएकोले वर्षभरी प्रकाशित पुस्तक समेट्न सम्भव नहुने रहेछ ।
२०७६ सालमा स्थापित र चर्चित लेखकहरुका कमै मात्र पुस्तकहरु प्रकाशित भए । यस वर्ष आख्यान भन्दा गैर–आख्यानका धेरै पुस्तकहरु प्रकाशित भएका छन् ।
उपन्यास
यस वर्षको दशैंलाई लक्षित गरी भदौ महिनामा चर्चित आख्यानकार अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ प्रकाशित भयो । त्यही सेरोफेरोमा अर्का साहित्यकार तथा प्राध्यापक डा. सञ्जिव उप्रेतीको ‘हंस’ आयो भने वरिष्ठ साहित्यकार सरु भक्तको सातौं उपन्यास ‘प्रतिगन्ध’पनि यसै वर्ष प्रकाशितभयो । त्यस्तै अर्की आख्यानकार उषा शेरचनको उपन्यास ‘आधि’ र नेपालकी प्रथम महिलाप्रधान न्यायाधिस सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’पनि यसै वर्ष प्रकाशित भयो ।
यस बाहेक आख्यानकार नारायण ढकालको ‘तमस’, निरु त्रिपाठिको ‘पेरिस्कानो’, प्रकाशतिवारीको ‘निहारिका’, राजेन्द्र थापाको ‘सकुनी’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, सर्वज्ञ वाग्लेको, ‘पुनर्वास’, मुना चौधरीको ‘दुलारी’, अमलाअधिकारीको ‘आलय’, रुमन न्यौपानेको ‘अनुगामी’पनि यसै वर्ष प्रकाशित भए ।
विज्ञान कथा भित्र बालमनोविज्ञानलाई मिसाएर लेखिएको लोकमणि पौडेलको उपन्यास ‘अग्निदह’, परशु प्रधान र गोविन्दगिरी ‘प्रेरणा’को संयुक्त लेखनमा प्रकाशित भएको उपन्यास ‘विशर्ग’, महेश्वर पन्तको ‘फुर्लुङ’, अच्युत आनन्दद्वारा लिखित ‘बसन्ती प्रेम’, नानीबिबुको ‘अनुक्रोश’, दुर्गाप्रसाद गर्तौलाको ‘अन्योल’, गगनसिंह थापाको लघु उपन्यास ‘उज्ज्वली’ र विजय सापकोटाको किशोर केन्द्रित उपन्यास ‘उडान’ पनि यहि वर्ष प्रकाशित भए ।
लेखक तर्कना शर्माको पहिलो उपन्यास ‘जेब्राक्रस’, विश्वन्धु कार्कीले अमेरिकामा बसोबास गर्ने संघर्षशील नेपालीहरुको कथा समेटेर लेखिएको उपन्यास ‘छुटेको रेल’, कवि तथा निबन्धकार भूपिनको उपन्यास ‘मैदारो’, सानु घिमिरेको ‘सिड्नी सपना’, प्रकाश कोइरालाको सामाजिक घटनामा आधारित उपन्यास ‘प्रपञ्च’ र सूब सेनका चारवटा उपन्यासहरु ‘अन्जुश्री’, ‘हेमा’, ‘वीरसिक्का’ ‘आन्दोलन’ २०७६ सालमै प्रकाशित भए।
साहित्यकार बी.डी. त्यागीका चारवटा उपन्यासहरु ‘एक चोक्टा’, ‘उही सम्झना फेरी दोहोरिन्छ’, ‘प्रेमको बलिदान’ र ‘रुमलिएको जिन्दगी’ को संग्रह ‘चारथुम्का’ मरणोपरान्त (सम्भवत नेपाली साहित्यमै पहिलो उपन्यास संग्रहका रुपमा) यहि वर्ष प्रकाशित भयो । आख्यानकार विष्णु भण्डारीको ‘सुनको पहाड’ टीएन भट्टको ‘डेड सुक्रविर’, सुशीलापौडेलको ‘तृष्णा’, प्राध्यापक राजेन्द्र सुवेदीको ‘धितोकोख’ रवीन्द्र समीरको ‘मृत्युको आयु’ सीमापुरीको ‘परी’ युवा लेखक प्रवीण निरौलाको ‘तिरस्कृत’, गणेश रसिकको आकाशगंगाको ओतमुनि’, गजल र समालोचनामा नाम बनाएका युवा लेखक शैलेन्द्र अधिकारीको युवा जोगीको कथामा आधारित ‘नर्वेद’लगायतका उपन्यासहरु यस वर्ष प्रकाशित भए ।
भारत असमकी साहित्यकार रुमी लस्कर बोराद्वारा असमिया भाषामालिखित डा. सरिता शर्माद्वारा नेपालीमा अनुदित उपन्यास ‘डम्फु’ र भारतीय विद्वान राहल सांस्कृत्यानको उपन्यास ‘सेनापति’भारद्वार भित्रद्वारा नेपालीमा अनुदित भई यसै वर्ष प्रकाशित भयो ।
कथा सङ्ग्रह
चर्चित र स्थापित लेखक तथा साहित्यकारहरुको कथा सङ्ग्रहहरु यस वर्ष खासै प्रकाशितभएनन् । केही परिचित र केहीनयाँ लेखकहरुले आफ्ना कथाहरुलाई सङ्ग्रहका रुपमा प्रकाशित गरेका छन् । सफल उपन्यासकारको छवि बनाएकी आख्यानकार निलमकार्की निहिारिकाको नयाँकथा संङ्ग्रह ‘४३ कथा’ यस वर्ष प्रकाशन भएको छ ।
देहान्त भएको दुई दशकपछि साहित्यकार विजय मल्लको कथा सङ्ग्रह ‘मान्छेको नाच’ यसै वर्ष बजारमा आएको छ । त्यसैगरी प्राध्यापक अविनाश श्रेष्ठको पुरानो कृति ‘तान्या इनद्रकमल र अन्धकार’ कथा सङ्ग्रह यस वर्ष पुनःप्रकाशनभएको छ । ललिता विष्टको कथा सङ्ग्रह ‘मोहपथ’, संगीता स्वेच्छाको ‘गुलाफसँगको प्रेम’, पत्रकार तीर्थ सिग्देलको ‘मोनोनेट’ र पूर्वमन्त्रीश्री प्रसाद जबेगुको ग्रामीण भेगका गरिब र निमुखाहरुको कथाभन्ने पुस्तक ‘साप्थबा’पनि यसै वर्ष प्रकाशित भयो ।
लोकप्रिय स्तम्भकार दुर्गा कार्कीको सामाजिक यथार्थवादको कोणबाट लेखिएका कथाहरुको सङ्गालो ‘कुमारी प्रश्नहरु’, हालउत्तर अमेरिकामा रहेका २४ जना कथाकारहरुका २४ कथाहरुको सङ्कलन, कृष्ण कुसुम र गणेश घिमिरे ‘मार्मिक’को सम्पादनमा प्रकाशित ‘परदेशकाकथाहरु’, प्रकाशमणि दाहालको ‘महाभारतका कथा’, सूब सेनको ‘भाले बासि सक्यो’ रञ्जना पराजुली लम्सालको ‘सुनौलो यात्राकी बेनामी साथी’, टंक बहादुर बजगाई खत्रीको ‘सपनामा भगवान सँगको कुरा’पनि यसै वर्ष प्रकाशित भए ।
धर्म प्रसाद सापकोटा ‘राजु’ को कथा सङ्ग्रह ‘बाटो’, पदमविश्वकर्माको ‘तमसुक’, एलबी क्षेत्रीको ‘ब्रतभङ्ग’कवी तथा उपन्यासकार लक्ष्मण सिटौलाको ‘मिटू’, दिलिप शाहको ‘चियर्स’, भाषा सम्पादक जिके पोखरेलको कथा सङ्ग्रह ‘गोहो’ र हङकङ बस्दै आएका कथाकार दाजुगुरुङको ‘टाँकीका फूलहरु’पनि यसै वर्ष प्रकाशित भए ।
त्यसैगरी गुप्त तारा स्मृति प्रतिष्ठान वालिङ, स्याङजाले ‘समकालिन नेपाली प्रतिनीधि लघुकथा’ नामक विभिन्न लेखकहरुका लघुकथाहरुको सङ्ग्रह यसै वर्ष प्रकाशित भएको छ । विजयराज आचार्यको लघुकथा सङ्ग्रह ‘राँगालाई जुत्ता’, टीकाराम रेग्मीको लघुकथा सङ्ग्रह ‘आवरण’, एकदेव अधिकारीको लघुकथाहरुको सङ्ग्रह ‘भिखारी’ र सुशीला देउजाको लघुकथा सङ्ग्रह ‘पेटको आगो’ यस वर्ष प्रकाशित भएका कथा सङ्ग्रहहरु हुन् ।
गैर आवासिय नेपाली संघको संयोजनमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको विदेशमा रहेका नेपाली साहित्यकारहरुका कथाहरुको सङ्कलन ‘अन्तरदेशीय नेपालीकथाहरु’, डा. महेश्वर शर्माद्वारा लिखित ‘उहिलेका कुरा र अहिलेका कुरा’, बुद्ध योञ्जनको ‘हुङा’, गणेश रसिकको ‘मुनिया र उसको छोरो’ पनि यस वर्ष प्रकाशित भएका कथा सङ्ग्रहहरु हुन् ।
संस्मरण/जीवनी
वर्ष २०७६ मा चर्चित नेत्ररोग विशेषज्ञ, धेरैका भगवान् मानिएका र रामोन म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतको अली ग्रीपरद्वारा अंग्रेजीमा लेखिएको, साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेको कृति ‘सन्दुक रुइत’ पाठकहरु माझनिकै चर्चित रह्यो । डा. कमल लामिछानेको संस्मरणात्मक कृति ‘अन्तर्दृष्टि’ यसै वर्ष प्रकाशन भयो ।
गायक तथा कवि गणेश रसिकको विभिन्न संस्मरणहरुको सङ्गालो ‘छपक्कै मनमा बसेकाहरु’ यसै बर्ष प्रकाशितभयो भने सी एनएन हिरो पुष्पा बस्नेतको जीवनमा आधारित पुस्तक ‘पुतलीको घर’ पनि यसै बर्ष प्रकाशित भयो ।
कवि तथा गीतकार कालीप्रसाद रिजालको संस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ २०७६ सालमै प्रकाशित भयो भने कवि, गीतकार तथागायक र राल्फा आन्दोलनकाअभियन्ता मञ्जुलको गीति–यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु पनि यहि वर्ष बजारमा आयो । प्राध्यापक के आर खम्बुको जीवनकथा ‘छायाँको लस्कर’, सरिता अर्यालको युद्ध साहित्य सम्बन्धी यात्रा संस्मरण ‘मेरो अपहरण’, कथाकार एवं निबन्धकार राजेन्द्र पराजुलीको संस्मरणात्मक निबन्धहरुको सङ्गालो ‘कोटेश्वरको केटो’, पूर्वमाओवादी लडाकु खिमा रिजालले जनयुद्धकाल र शान्तिकालका अनुभवहरुलाई समेटेर लेखेको पुस्तक ‘उज्यालोको खोजीमा’कुशुम शर्मा द्वारा लिखित ‘परिचयको सन्दर्भमा घनश्याम ढकाल’ नामक संस्मरणात्मक पुस्तकहरु पनि यहि वर्ष प्रकाशनमा आए ।
कुलराज राजभण्डारीको आत्मा वृतान्त ‘जीवनका भोगाईहरु’, पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले आफ्नो अनुभवमा आधारित भएर लेखिएको पुस्तक ‘परराष्ट्रका पात्रहरु’, गैर आवासिय नेपाली सङ्घका केन्द्रीय सल्लाहकार सुरेन्द्र श्रेष्ठको आत्मकथा ‘मेरो आधा शताब्दी’, साहित्यिक अन्वेषक एवं पत्रकार जयदेव भट्टराईको नेपाली साहित्यलाई विशेष योगदानदिने साहित्यकारहरुको स्मृतिपरक अभिलेख ‘स्मृतिमा छाडेर जानेहरु’, माधव काफ्लेको संस्मरणात्मक कृति ‘खुसीको पीरो धुँवा’लक्ष्मी भट्टराईको संस्मरण ‘हाम्रापनिकथा छन्’, चिदानन्द भट्टराईको संस्मरण तथा निबन्धहरुको सङ्ग्रह ‘स्मृतिपुञ्ज’, आनन्दपुरीको संस्मरण ‘प्रहरी अफिसरको बयान’, पत्रकार संगीता खड्काको संस्मरणात्मक कृति ‘युद्धका तीदिन’ र अनार कली मियाको संस्मरण ‘संसदमा पहिलो पाइला’वर्ष २०७६ मै प्रकाशित भएका संस्मरणात्मक कृति हुन् ।
पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलको नियात्रा संस्मरण ‘यात्राका पाइलाहरु’ प्राध्यापकअञ्जना बस्ती (भट्टराई)को अनुभूतिजन्य संस्मरण ‘स्मृति लोकको यात्रा’, प्रध्यापक डा. गोविन्दराज भट्टराईले आफ्नो जीवन र संघर्षका प्रारम्भीक दिनहरुलाई सम्झेर लेखेको ‘सम्झनाको सागरमा केहीदिन’, व्यावसायि तथा राजनीतीकर्मी हरि प्रसाद गिरीको संस्मरण ‘म र मेरो अतित’, अनुभवीपत्रकार भैरव रिसालको पत्रकारिताको अनुभव सम्बन्धी पुस्तक ‘उहिलेको नेपाल’, पूर्व प्रशासक भानुप्रसाद आचार्यको ‘नेपालमा उदारवाद’, डिआर निरौलाको हवाईयात्राका अनुभवको संगालो ‘आकाशयात्रा’, डा. विश्वबन्धुशर्माको संस्मरण ‘मान्छेको मन’आत्म संस्मरणात्मक यसै वर्ष पुस्तक बजारमा आएका छन्।
सामाजिक अभियन्ता सुशीला भुसालको आत्मसंस्मरणात्मक कृति ‘पृथकमहिला’ रणेन्द्र बरालीले लेखेको जातीय छुवाछुत विरुद्व संघर्ष गर्ने नेपालको पहिलो संगठन, ‘विश्व सर्वजन संघ’का संस्थापक ‘भगत सर्वजितको जीवनी’ संघर्षशील युगपुरुष भगत सर्वजित विश्वकर्माको ८० वर्ष अघिको पूर्वी पहाडी समाज र जनजीवनको झल्को उत्रने गरी भीम प्रसाद गुरागाईले खेखेको संस्मरणात्मक कृति ‘तीदिनहरु’, र साहित्यकार पारिजालले आफ्नी बहिनीलाई लेखेका पत्रहरुको सङ्गालो ‘अपराजिता’पनियहिवर्ष प्रकाशित भएका कृतिहरु हुन् ।
२००८ देखि २०१३ सालसम्म लेखिएका र प्रकाशनहुँनबाँकी ‘बी.पी. कोइरालाको डायरी’ लाई शिखाबुक्सले प्रकाशनमा ल्याएको छ । रामप्रसाद खरेलले जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको जीवनी पुस्तक ‘प्रचण्डः जनयुद्धका नायक’प्रकाशनमाआएको छ । साथै मोतिदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रमा योगदान गर्ने प्रेरणदायि महिलाहरुको कथा ‘प्रेरणादायि महिलाहरु’पनि यसै वर्ष प्रकाशित पुस्तकहरु मध्येको हो ।
कविता/काव्य
अघिल्ला वर्षहरु भन्दातुलनात्मक रुपमा २०७६ सालमा कविता विधाका पुस्तकहरु अलि बढी नै प्रकाशित भए तर यस वर्ष स्थापित तथा चलेका कविहरुका कमै पुस्तकहरु आए । आख्यानकारले परिचित कवि राजन मुकारुङको कविता सङ्ग्रह ‘हाट जाने अघिल्लो रात’ प्रकाशित भयो । कवि धर्मेन्द्र विक्रम नेम्वाङको कविता सङ्ग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’, कवि सुन्दर कुरुपको ‘पृथ्वीको आविष्कार’, कवि विशालगुप्ताको ‘मेरो निशानी’, सिर्जना अर्याल अधिकारीको ‘सुनको पिजडा’, विष्णु बहादुर सिंहको ‘चुपचाप’, कृष्ण प्रधानको ‘रङ्गहरुको पहाड’, दुष्यन्त भट्टराईको ‘वनवासकाअनुभूति’, आर बी निश्चलको ‘किस्ता किस्तामा जिन्दगी’ र श्वेत मैनालीको प्रेमिल कविताहरुको सङ्कलन ‘प्रेमवस्ती’कविता सङ्ग्रहहरु २०७६ सालमा प्रकाशित भए ।
नेपाली साहित्यका विशिष्ट नक्षर कवि शिरोमणी लेखनाथ पौडेलको कविता कृति ‘तरुणतपसी’ बजारमा सकिएकोले मञ्जरी प्रकाशनले नयाँ स्वरुपमा बजारमा ल्याएको छ । सञ्चारकर्मी मणि लोहनीको नयाँ कविता सङ्ग्रह ‘मृत्युको अघिल्तिर’ यही वर्ष बजारमा आएको छ भने निमेष राज सापकोटाको ‘खोज्दै हिड्दा आफैँलाई’, कवि रोशनी गुरुङको कविता सङ्ग्रह ‘स्वर्गको एक फन्को’, बालिका थपलियाको प्रेम कविताहरुको सङ्ग्रह ‘प्रणयपथ’, साहित्यकार तीर्थ श्रेष्ठको कविता सङ्ग्रह ‘धर्सै धर्साको चक्रव्यूह’, देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’, कुमार नेपालको ‘चोट’, मुकुन्द न्यौपानेको कविता तथा हुलाक सम्बन्धी लेखेको सङगालो ‘सेवा नै धर्म हो’ यसै वर्ष प्रकाशित भए । साहित्यकार शारदा शर्माको गद्य कविता र पुराना गीतहरुको सङ्ग्रह ‘यात्रामा’, प्रगतिशील वैचारिक साहित्यका अग्रणी कवि मातृका पोखरेलको ‘मित्रताको आकाश’, सूर्य चापागाईको ‘देवल’, रामविनयको ‘फेरिएको चित्र’, लक्ष्मीप्रसाद मिश्रको लोक कविताको सङ्ग्रह ‘पेटारो भित्रको लोक सुसेली’, निर्मलरमण पराजुलीको ‘देश लेख्न हतार छ’, भूवनसिवाकोटी ‘चौघरे’ को ‘नच्यातिएको आकाश’ र ‘प्रणयको गहिराई’, नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’बादल देवी चाम्लिङको ‘वीर्यको जमिन’ र रुपेश श्रेष्ठको ‘धिन्ताङ घिसी ट्वाकं’ यस वर्ष प्रकाशनमा आएका कविता कृतिहरु हुन् ।
दश जना युवा कविहरुका कविताहरु समेटिएको महेश पौडेलको सम्पादनमा निस्किएको कविता सङ्ग्रह ‘उज्यालोका मालीहरु’, व्यङ्ग्य कवि विमल निभाको ‘जोकरको बन्दुक’ चार सय जनाभन्दा बढी आदिवासी जनजाती कविका कविता समेटिएको स्वप्नील स्मृति र पराजित पोमुले सम्पादन गरेको कविता सङ्ग्रह ‘इतर आवाज’पनि यहि वर्ष प्रकाशनमा आए । त्यसैगरी शारदा रेग्मीको ‘नव दम्पत्तिका कवि तदूत’विमला कार्कीको ‘जिन्दगीकाजन्जीर’, शान्ति सापकोटाको छन्द कविताको सङ्ग्रह ‘तर्कको साम्राज्य’, कवि ध्रुवकुमार सापकोटाको ‘समीकरण जिन्दगीको’, गणेश रसिकको गीत र कविताको सङ्ग्रह ‘ताराभन्दा सपना धेरै’, पत्रकारितामा सक्रिय रही साहित्य सिर्जनामा लागेका टपेन्द्र कार्कीको ‘घामको पहाड’, राम लामा अविनाशीको कविता कृति ‘पिल्सिएको परदेशीमन’ यस वर्ष प्रकाशनमा आएकाकविता सङ्ग्रहहरु हुन् ।
कविता विधाका कविता सङ्ग्रहहरु प्रशस्त मात्रामा प्रकाशित भइरहे पनि कविताका वृहद र वृहत्तर रुप खण्डकाव्य र महाकाव्यहरुको प्रकाशनमा भने न्यूनता आएको छ । २०७६ सालमा मुक्ति शर्माको महाकाव्य ‘पाण्डवायण’ प्रकाशित भयो । त्यस्तै विश्व सिग्देलको काव्य कृति ‘तालीको समाजशास्त्र’ र ‘मातृ बन्दना’ लघुकाव्य प्रकाशित भयो । त्यसै गरी गोपिकृष्ण शर्माको खण्डकाव्य ‘महिमा’, तुलसीप्रसाद भट्टराईको खण्डकाव्य ‘समता’निलिमा मास्के श्रेष्ठको ‘रङ्ग जीवनको’ प्रकाशित भए ।
गजल/मुक्तक/हाइकु
नेपाली साहित्यमा गजल लेखन र वाचनको जुन रफ्तार छ त्यो रफ्तार प्रकाशनमा देखिएको छैन । यस वर्ष गायक तथा लेखक निर्दोष जीवन र गजलकार पदमराज ढकालद्वारा संयुक्त रुपमा तयार पारिएको गजल सङ्ग्रह ‘प्रिय साथी’प्रकाशित भएको छ । त्यसैगरी तुलसी प्रसाद भट्टराईको ‘मञ्जरी, खोटाङका आठ युवा गजलकारहरुको संयुक्तगजल सङ्ग्रह ‘सावाँको सुसेली’ यस वर्ष प्रकाशित भएका गजल सङ्ग्रह हुनभने प्रकाश बस्नेत ‘गफाडी’ को मुक्तक सङ्ग्रह ‘हजारको नोट’, केशवसागर भट्टको ‘प्रेम सागर’, गंगाआचार्यको ‘आस्थाको आँचल’, शान्तिशर्माको ‘बार्दलीमाजुन’आदिमुक्तक सङ्ग्रहहरु यस वर्ष प्रकाशनमा आएको देखिन्छ । त्यसैगरी कविताको छोटो रुप १७अक्षरको जापानी कविता हाइकु पनि नेपाली सङ्ग्रहका रुपमाआउनथालेका छन् । नेपालीमा नियात्रा विधामा हाइकु मिसाएर साहित्यकार कृष्ण बजगाइँको ‘दइबुचु’हाइकु सङ्ग्रह प्रकाशनमा आएको छ । दुर्गा अधिकारी ‘भमरकोटे’ को हाइकु सङ्ग्रह ‘हाइकु वर्णमाला’, यम ढुङ्गाना के.सी.को हाइकु सङ्ग्रह ‘खिचडी’ यस वर्ष प्रकाशन भएका हाइकु सम्बन्धी पुस्तकहरु हुन् ।
निबन्ध/नियात्रा/लेख
नेपाली साहित्यमा शंकर लामिछानेको समयको जस्तो निबन्धहरु नै लेखेर प्रकाशन गर्ने प्रचलनमा धेरै कमीआएको छ । वर्षमा औलामागन्न सकिने मात्र निबन्धका कृतिहरु प्रकाशन हुन्छन् । पछिल्लो समय विकसित भएको नियात्रा लेखन, अखबारी लेखन र गैर साहित्य लेखनको प्रभावले निबन्ध लेखनको क्रमलाई पछि अथवा ओझेल पारेको छ ।
यस वर्ष निबन्धतर्फ डा. नम्रता पाण्डे र डा. प्रद्युम्न पाण्डेद्वारा संयुक्त रुपमालिखित ‘रहस्यःजीवन र प्रेम’नामको अध्यात्मिकनिबन्ध सङ्ग्रह प्रकाशन भएको छ । त्यसैगरी डा.नम्रता पाण्डेकै लेखहरुको सङ्ग्रह ‘उर्जा’ पनि यसै वर्ष प्रकाशनमा आएको छ । विज्ञता कार्कीको निबन्ध सङ्ग्रह ‘आँचलको आँगन’, गंगा श्रेष्ठको निबन्धतथा लेखहरुको सङ्ग्रह ‘चिवा भञ्ज्याङ–झुलाघाट, मध्य पहाड यात्रा’, युवराज नयाँघरेको नियात्रा सङ्ग्रह ‘तनक्खा’, केदार सङ्केतको सेवा निवृत्त बेलायती लाहुरेले आफ्नो जागिरे जीवनमा भोगेका अनुभवहरुको सङ्गालो ‘बुद्धल्याण्ड टु स्वीजरल्याण्ड’, भीष्म उप्रेतीको निबन्ध सङ्ग्रह ‘तपाईको पहाड कहाँहो ?’, पत्रकार दीपक सापकोटाको निबन्ध सङ्ग्रह ‘लोकेसन’ गणेश रसिकको निबन्ध सङ्ग्रह ‘दशगजामा उभिएर’ र प्रा.डा लोकराज बरालको निबन्ध सङ्ग्रह ‘कुरा केलाउँदा’प्रकाशन भएको पाइएको छ ।
नाटक
पछिल्लो समय नेपाली नाटक प्रकाशनमाभन्दा रङ्गमञ्चमा रमाएको छ । यस वर्ष पनि प्रकाशनमा भन्दा मञ्चनमा धेरै नाटक देखिए । नाट्यकर्मी घिमिरे युवराजको नाट्य पुस्तक ‘आँधीको मनारेम नृत्य’ र रामेश्वर राउत ‘मातृदास’को ‘पृथ्वीको सङ्कल्प’ नाटक यस वर्ष प्रकाशन भएका नाटक हुन् ।
हास्य व्यङ्ग्य
हास्य व्यङ्ग्य विधा पनि पुस्तक प्रकाशनमा भन्दा महोत्सव मञ्चन, डिजिटल पर्दामा बढ्दा फस्टाएको छ । यस वर्ष हास्य व्यङ्ग्यतर्फ बलदेव महतका – ‘माछोमाछो भ्यागुतो’, ‘दुबै हातमा लड्डु’, ‘कुर्सीको जय होस्’, ‘चिप्ला कुरा’, ‘भालुलाई पुराण’, ‘चोरको खुट्टा काट्’, ‘आफ्नै हातजगन्नाथ’ र ‘एकै ड्याङ्का मूला’ गरी एकै पटक आठ वटा हास्य व्यङ्ग्य सङ्ग्रह प्रकाशन भएको पाइएको छ । त्यसबाहेक चट्याङ मास्टरको ‘चट्याङ गीता’ पनि प्रकाशन भएको छ ।
बाल साहित्य
नेपाली साहित्यमा सुरुवात देखि हालसम्मनिकै कम मात्रामा बाल साहित्यका पुस्तकहरु प्रकाशन भएका पाइन्छन् । बालबालिकाको समग्र विकासमा बाल साहित्यले निकै ठूलो भूमिका खेल्ने भएता पनि यसतर्फ लेखक तथा साहित्यकारहरुको खासै ध्यानपुग्न सकेको देखिदैंन । फाट्टफुट्ट बाल साहित्यका पुस्तकहरु प्रकाशित भइरहे ताप नि त्यतिले मात्र पर्याप्त नहुने स्थिति छ । यस वर्ष बाल साहित्यतर्फ सूर्य प्रसाद लाकोजूको बालकविता सङ्ग्रह ‘साथी’प्रकाशनमा आएको छ । त्यसैगरी विजय चालिसेको अनुवाद बालकथा सङ्ग्रह ‘उड्ने ट्याङ्का र अरु कथाहरु’प्रकाशित भएको छ ।
बालकथाका ६ वटा कृतिहरु जलेश्वरी श्रेष्ठको ‘पिङ्की र पुतलीहरु र अरु बालकथा’, गङ्गापौडेल कर्माचार्यको ‘को ठूलो’, भारतीय लेखक मनो र भाजफाको नेपाली अनुवाद ‘हाँस्ने सुगा र अरु बालकथा’, कार्तिकेयको ‘म चोर होइन र अरु बालकथा’, ‘वाहा, दुनोट पसलकी छोरी र अरु बालकथा’, ‘साँच्चैको हिरो हो कृष्ण बहादुर र अरु बालकथा’ यस वर्ष ब्रेल लिपीमा प्रकाशित बाल साहित्यहरु हुन् ।
आन्विका गिरीका बाल साहित्यकादुई पुस्तक ‘आमाले सक्नुहुन्छ’ बालकथा सङ्ग्रह र ‘सानीका ज्ञानी कुरा’बाल यौन दुव्र्यवहारका बारेमा जानकारी दिने सचित्र पुस्तिका पनि यस वर्ष प्रकाशित भएको हो । त्यसैगरी लेखक ब्रजेश खनालको बाल उपन्यास सुरुङको बाटो’ पनि यसै वर्ष प्रकाशित भएको बाल साहित्यको कृति हो ।
अध्यात्म
२०७६ सालमा केही धार्मिक तथा अध्यात्मिक पुस्तकहरु पनि प्रकाशन भएका छन् । अध्यात्मतर्फ स्वामी सत्यदेवको अध्यात्मिक ग्रन्थ ‘विचार प्रवाह’ प्रकाशित भयो । भागवताचार्यः श्री भीमप्रसाद तिमल्सिना (भागवतशरण)को उपनिषद्, श्रीमद्भागवत गीता, निर्णय सिन्धु लगायतका प्रमाणलाई जस्ताको त्यस्तै राखेर त्यसको सरलीकरण गर्दै नेपाली भाषामा ‘षोडश संस्कार विवेचना’ कृति बजारमा आएको छ । त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित किरात धर्मको ‘मुन्दुम’पनि यसै वर्ष प्रकाशित भएको छ ।
अन्य
यस वर्ष साहित्यिक भन्दा अन्य पुस्तकहरु पनि प्रशस्त प्रकाशन भएका छन् । यस क्रममा नेपालका चर्चित समाजशास्त्री डा. चैतन्य मिश्रको तेस्रो कृति ‘लोकतन्त्र र आजको मार्क्सवाद ’ यस वर्ष प्रकाशन भएको चर्चित पुस्तक मध्ये एक हो । नेपाली राजनीतिमा महिला सहभागीता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समिक्षा गरिएको राजनीतिज्ञ विन्दा पाण्डेको ‘समानताका पाइलाहरुः राजनीतिक आन्दालेनको महिलावादी विश्लेषण’ नामक पुस्तकपनि यसै वर्ष प्रकाशित भयो ।
त्यसैगरी नेपाली काग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा समाजवादी शासन प्रणालीका भिन्न–भिन्नपक्ष समेटेर लेखिएको पुस्तक ‘लोकतन्त र समाजवाद’, जगदम्बा प्रकाशनले बजारमा ल्याएको नेपाली साहित्यको तथ्यगत इतिहास सम्बन्धी पुस्तक, ‘नेपाली साहित्यको इतिहास भागदुई’ मानवशास्त्री प्राध्यापक डा. डोर बहादुर विष्टको चर्चित पुस्तक ‘फेटालिज्म एण्ड डेभलपमेन्ट’ को नेपालीअनुवाद ‘भाग्यवाद र विकास’बसन्त थापाको अनुवादमा यहि वर्ष प्रकाशित भयो ।
चरा विशेषज्ञको रुपमा चिनिएका हेम सागर बरालद्वारा लिखित ‘पाटेबाघ’, संस्कृतिविद् तथापशु अधिकवादी डा. गोविन्द टण्डनद्वारा लिखित ‘नेपालमा गुठी व्यवस्था’, कवि श्रवण मुकारुङ र अध्येता पदम राईको संयुक्त खोजमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको मातृभाषा साहित्य सम्बन्धी पुस्तक ‘मातृभाषा साहित्यको इतिहास’, पत्रकार राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’, पत्रकार डिबी खड्काद्वारा लिखित ‘नियत’, बौद्ध धर्मग्रन्थको त्रिपिटक मध्ये सुत्तिपिटकमा पर्ने बौद्ध धर्मको सार ग्रन्थपाली र संस्कृत भाषामा इसापूर्व एक सय वर्ष अघि लेखिएको पुस्तक ‘धम्मपथ’ नारायण ज्ञवालीद्वारा नेपालीमा अनुदित भएर प्रकाशनमा आएको छ ।
पत्रकार संगीता खड्काले माओवादी आन्दोलनको एउटा पाटोलाई समेटेर लेखिएको पुस्तक ‘युद्धका तीदिन’, डा. ऋषिप्रसाद शर्माको विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुको सङ्ग्रह ‘नेपालका राष्ट्रिय चाँडपर्व’, विभिन्नजाति, भाषा र परिवेशमा प्रयोग हुने मिथकहरुको सङ्कलन ‘नेपाली मिथक कोष’लामो अनुसन्धान पछि नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्ष प्रकाशनमा ल्याएको छ । त्यसैगरी घाइते योद्वा प्रतिष्ठानले दशवर्षे जनयुद्धमा घाइते र अङ्गभङ्ग भएकाहरुको सङ्घर्षको कथा ‘नभेटिने घाउँ, महान् जनयुद्धका घाइते योद्धाहरुको सङ्घर्षको गाथाभाग–१’ नामक पुस्तक पनि यसै वर्ष प्रकाशित भएको छ ।
लेखक सुजित मैनालीको इतिहास सम्बन्धी पुस्तक ‘शिलान्यासः नेपालनिर्माणको नालीबेली’, डा.तीर्थ बहादुर श्रेष्ठको ‘नेपालन खुलेका पाटाहरु’, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, अमृता लम्सालको ‘हजुरआमाका कथा’, किरण भण्डारीको ‘उत्पत्ति’, राजेन्द्र भण्डारीको कविता र इतिहासको खोज सम्बन्धी पुस्तक ‘इतिहास बाहुली’, अनिल पौडेलद्वारा तयार पारिएको सत्यमोहन जोशीको पुस्तक ‘जुरेलीदर्शन’, लेखक हरिप्रसाद सोडारीको सम्पादनमा ४४३ जना लेखकहरुको लेख समेटिएको पुस्तक ‘अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता’ डा. षडानन्द पौडेलको अनुसन्धानमूलक कृति ‘धवलागिरीको नेपाली साहित्य’, सीमाविद् बुद्धि नारायण श्रेष्ठले लेखेको पुस्तक ‘जङ्गे सीमा खम्बाको गन्ती’, कुटनीतिक मामिलामा चासो राख्ने पत्रकार विष्णु रिजालको अनुभव र अध्ययनका आधारमा लेखिएको पुस्तक ‘नेपालको कुटनीतिक अभ्यास र प्रा.डा. भवेश्वर पंगेनीद्वारा सम्पादित र प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘प्रज्ञा लोक वार्ता विवेचना’ यस वर्ष प्रकाशित भएका पुस्तकहरु हुन् ।
देवी गुणीको समालोचना कृति ‘हरि विक्रम के सी व्यक्ति र कृति’, पत्रकार डम्बर कृष्ण श्रेष्ठको पुस्तक ‘नेपाल आप्रवास’, वैदिककालिनमानव समाजका ज्ञाता मदनमणि दिक्षितको ‘ऋग्वैदिक नारी चरित्र’, पूर्वराजा ज्ञानेन्द्र शाहको भाषण देखि सञ्चारमाध्यममा आएका उनका भनाईहरुको सङ्ग्रह ‘सन्देश सङ्ग्रह’, कालिभक्तपन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘कालिभक्त पन्तप्रजातन्त्र सेनानीतथा नेपालीको संस्कृति अग्रपुरुष’, नामक स्मृतिग्रन्थ, सविन पोखरेलको सम्पादनमा प्रकाशित ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृतिग्रन्थ’ यस वर्ष प्रकाशित भएका कृतिहरु हुन् । डा. प्रदिपमान तुलाचनद्वारा युवा उद्यामशीलतालाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘म सक्छु, म गछु’, पत्रकार डम्बर कृष्ण श्रेष्ठको प्रवासिएका नेपालीहरुको नालीबेली वयान गर्ने पुस्तक ‘नेपाली प्रवासन’ यसै वर्ष प्रकाशन भएका पुस्तक हुन् ।
भारतीय दार्शनिक एवं लेखक राहुल सांस्कृत्यायनको ‘बौद्ध दर्शन’नामक पुस्तककको नेपालीमा साहित्यकार ललिजन रावलले अनुवाद गरेर प्रकाशनमा ल्याएका छन् । त्यसैगरी भारतीय लेखक आनन्द श्रीकृष्णले सिदार्थ गौतमको जीवनी र बुद्ध दर्शनमाथि केन्द्रीत रहेर लेखेको पुस्तक ललिजन रावलकै अनुवादमा नेपालीमा ‘गौतम बुद्धः जीवनी, उपदेश र सिद्धान्त’ प्रकाशनमा आएको छ ।
डा. लिलामणि पाण्डेयद्वारा लिखित दर्शनशास्त्र र अनुसन्धानात्मक लेख रचना समावेश पुस्तक ‘हिन्दू राजनीतिक विचारधारा’ यसै वर्ष प्रकाशित भएका कृति हुन् ।साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक