काठमाडौं महानगर,बुढानिलकण्ठ र टोखा नगरपालिकाको बागमती प्रदेस सरकारलाई सुझाव
कपन अनलाइन
काठमाडौं ,बैशाख १६।
नीति कार्यक्रम तथा बजेट निर्माणको लागि बागमती प्रदेस सरकारको आव्हानमा काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको बैठकमा काठमाडौं महानगरपालिका ,बुढानिलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाका प्रमुख उपप्रमुखले विभिन्न सुझावहरु दिएका छन।
बागमती प्रदेशका प्रदेस सभा सदस्य भीमसेन खत्री ,काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी , बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई ,टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल लगायत सहभागी भएको बैठकले प्रदेस सरकारलाई विभिन्न सुझावहरु दिएको छ।
काठमाडौं क्षेत्र नं ५ (२) मा पर्ने वडाहरु रहेका नगरपालिकाका प्रमुख तथा उप प्रमुखसंगको छलफलमा धेरै नीतिगत सुझावहरु आएको प्रदेस सभा सदस्य निरौलाले बताएका छन। तिन नगरपालिकाका १२ वटा वडा रहेको प्रदेस निर्वाचन क्षेत्रमा रहेका विभिन्न शाखा प्रमुख कर्मचारी तथा वडा अध्यक्षहरु संग प्रदेस सरकारको नीति कार्यक्रम तथा बजेटका वारेमा छलफल गरिसकेका सांसद निरौलाले आम जनताहरु संग पनि विभिन्न माध्यम बाट सुझाव मागेका छन।
तिन नगरपालिकाका प्रमुख उपप्रमुखहरुले शिक्षा ,स्वास्थ्य ,कृषि तथा वातवरण जस्ता क्षेत्रमा बनाउनु पर्ने योजना तथा कार्यक्रमहरुका वारेमा विभिन्न सुझावहरु दिएका थिए।
उनीहरुले निजि तथा सामुदायिक विद्यालयको व्यवस्थापन ,कृषि क्षेत्रको प्रवर्धन तथा स्थानीय उत्पादनको व्यवस्थापन , प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण ,आन्तरिक रोजगारी सिर्जनाका लागि ठोस योजना निर्माण लगायतका विषयमा महत्वपूर्ण सुझाव दिएको सांसद निरौलाले जानकारी दिएका छन।
त्यस्तै विदुतको खपत बढाउने तथा महसुलमा जनतालाई राहत दिदै कृषि क्षेत्रको विकासका लागि कृषि बिउ बिजनमा अनुदान दिने तथा उत्पादनको न्युनतम मुल्य कायम गरेर सरकारले खरिद गर्ने प्रवन्धका लागि योजना बनाउन सुझाव दिएको उक्त बैठकले फोहोर मैला व्यवस्थापन लगायतका विषयहरुमा सुझाव दिएको थियो।