ओम समाज डेन्टल हस्पिटलको घर घरमा दन्त सेवा शुरु ,आज ११ जनाको उपचार
कपन अनलाइन
काठमाडौं ,बैशाख ७।
कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा प्रदान सुरु गरेको छ ।
अत्याधुनिक सुविधा सम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार आज देखि दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको सुरुवात गरेको छ ।
अस्पतालका प्रसासनले प्रमुख अजय रेग्मीका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन् भन्ने उदेस्यले यो सेवा शुरु गरिएको बताए।
उनले अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको बताए।
आज गैरीधारा,कपन,जोरपाटीको रुटमा ११ जना बिरामीलाई निशुल्क सेवा दिएको छ ।