कोरोना सवाइ
कपन अनलाइन
काठमाडौं ,बैशाख ६/ नारायण तिमल्सिना
कोरोना भाइरस जागेर आयो
देश् विदेश् दुनियाँ सखाप बनायो
कोभिड उन्नाइस सन्त्रास कस्तो
हजारौंको ज्यान क्षणभरमा लियो ।
छैन होस कसैको, यो के भय हो
उपचार नपाई अब मर्ने भैयो
बाँच्ने रहर पनि त छँदैछ अझै
खोजौं बच्ने ठाउँ छैन रे कतै ।
भए कैदी मुक्त स्कुल बिदा भो
आवतजावत बन्द गजबको दिन भो
अदालत अफिस सिनेमा बन्द
नभै अर्थ चलाउन जीवन मन्द भो ।
सारा खेल बन्द भो झेल बन्द भो
तिनको राजनीतिक महेल बन्द भो
दैनिक उपभोग्य रसद बन्द भो
कालो कपटी मन् मा धर्म कम भो ।
छैन अब उत्सव न चैन नै छ
मात्र छ कोलाहल त्राही त्राही छ
बाध्य भएर बाँच्न जुक्ति लिनु छ
कोरोनाबाट छिट्टै मुक्ति लिनु छ ।
सार्स जस्तै हो रे फ्लू झैँ गरेको
फोहोरी हात र सासबाट सरेको
भिडभाडमा जाँदा पनि सर्छ अरे
बेहोसी मानिस अब मर्छ अरे ।
मासुजन्य बस्तु काँचो नखाँदा
अर्र्गािनक भोजन भिटामिन खाँदा
छैन डर कत्ति मास्क लगाए
हातगोडा शरीर बारम्बार धोए ।
रुघाखोकी सुख्खा मर्की लागेमा
ज्वरो चढी जीउमा धम्कि बढेमा
तातोखानु भन्छन् तातैमा बसेर
क्वारेन्टाइन बस्नु घरभित्र पसेर ।।