लकडाउनका कारण बाट प्रभावितहरुलाई जोरपाटीमा निशुल्क भोजन

लकडाउनका कारण बाट प्रभावितहरुलाई जोरपाटीमा निशुल्क भोजन

कपन अनलाइन

काठमाडौं बैशाख ६। अहिले विश्व नै “कोभिड १९” को महामारीले ग्रसित छ , चिनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले सारा विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपाल पनि कोरोना भाइरसको संक्रमित को संख्या बढ्दै गैरहेको छ  । यहि भाइरसलाई फैलन नदिन विश्वका बिभिन्न देश  लगायत नेपालले पनि  लकडाउन  नीति अवलम्बन  गरेको छ  ।

लकडाउनको बेला हिडडुल गर्न लगायत दैनिक मजदुरी गर्न प्रतिबन्ध छ , यसबाट दैनिक मजदुरी गरेर जीवन गुजारा गरीरहेका मजदुरहरुको दैनिकी  कष्टकर हुदैछ । स्थानीय सरकारले बाढेको पहिलो चरणको राहत धेरैले पाएका छैनन् र पाएकाहरुको पनि राहत सक्किसकेको अबस्था रहेको  छ । मजदुरहरु न घर फर्कन पाएका छन् , न कुनै काम नै गर्न । यसबाट उनीहरुलाई बिहान बेलुका हातमुख जोड्न सार्है गाह्रो परिरहेको छ। लकडाउनको विषम र जटिल परिस्थिमा राहत सामाग्री प्राप्त नगरेका विपन्न तथा गरिव पारिवारलाईई सुन्दर टोल जोरपाटी (बराल पेट्रोल पम्प  )मा केहि उत्साहित युवाहरुले  बिहान र बेलुका नि:शुल्क भोजन गराइरहेका छन् ।

बिहान १० बजे देखि १२ बजे सम्म  र साझ ६ बजे देखी८ बजे सम्म दाल भात तरकारी को प्याकेट र एक बोतल पानी बाढ्दै आएको युवा अभियान्ता संजय परियारले कपन अनलाइनलाइ जानकारी गराए। भोको पेट बस्न बाध्य बनेकाहरुलाई भोजनको व्यवस्था सहित  केहि सहयोग गर्ने सक्ने सहयोगीको पहल बाट व्यवस्था गर्दै मानवीय सेवा नबिन सेवामा समर्पित बन्न यो अभियान शुरु गरिएको  बताए ।

 परियार सुरुका दिन सम्झदै भन्छन “सुरुमा १०-१२ जनालाई मैले घर बाटै खानाको प्याकेट बाढे, पछी आर्थिक रुपमा गाह्रो भएसी अन्य साथीहरुले साथ् दिए । अनि हामीले यसलाई बृहत रुपमा वितरण गर्न सुरु गर्यौ” आज भन्दा १० दिन अघिबाट सुरु भएको यो खाना खुवाउने अभियानमा अहिले सम्म ७०० भन्दा बढी बिपन्न व्यक्तिले खाना खाइसकेका छन् । केहि स्थानीय व्यक्तिको आर्थिक सहयोगबाट यो कार्यक्रम चलिरहेको परियार बताउछन ।

परियार संगै यो अभियानमा बिजु शाही, सोनु शाह , पवन परियार , पाउल बज्राचार्य , संजु शाही, आतिष शाही , पासांग शेर्पा  लगायतका युवाहरुको समुह रहेको छ । सुरुको समयमा आर्थिक एवम अन्य सहयोग दिएर आफुहरुलाई सहयोग गर्ने लाल बहादुर लामा र शेखर सुबेदी रहेको पनि अभियान्ता परियारले जानकारी दिए ।यस अभियानमा स्थानीय सरकारको सहयोग भने नरहेको अभियान्ताहरुको गुनासो छ । उनले अन्य मनकारी महानुभावहरुलाई पनि यस अभियानको सारथी बन्नका लागि अनुरोध गर्दै  उनले सहयोग गर्न चाहाने सहयोगीदाताहरुले  9851207032 ,9851013930 ,9861325645 सम्पर्क गर्न सकिने पनि बताए ।

फोटो सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।