मान्छेका जिन्दगीहरू (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ५ /वैरागी जेठा
विचारबाट भागेका
मान्छेका जिन्दगीहरू कोलाहल छन्
नीतिबाट उम्किएका फूलहरू
तपतप झरिरहेछन् आँसुका भेल
साइबेरियाको भूमिमा
मान्छेले मान्छेको जीवन किन बेचीरहेछ ?
आँखामा तुवाँलोको फिँज फ्याँकेर
काली प्रश्न गरिरहेछीन्
कुनै पनि मानववादले जवाफ दिरहेको छैन्
मगर्नी बैनी न्याय मागिरहेछिन्
सामाजिक सञ्जालबाट
एनका आँसुका नदीझैँ उम्लिन्छ मन
यतिबेलासम्म मानववादीहरू बोलेका छैनन्
पीडाकै पीडाको देश यो
उज्याला ताराहरू बेचिरहँदा पनि
मान्छेको चेतनाहरू बोल्दैन
अचम्म लाग्छ,
चोकै चोकमा उभिरहँदा
कैल्ये काँहीँ लाग्छ,
मान्छेको स्वरूप किन भईयो
कथै कथामा
कोरोनाले विश्व जित्दै छ
गर्वका साथ आज ।
देशका चेलीहरू, आफ्नै चेलीबाट
बाख्रा र खाद्यवस्तुझैँ बिक्रि भएका समाचारले
हृदय पग्लन्छ हिउँझैँ,
कोरना आफ्नै तरिकाले यात्रा गरिरहेछ
आफ्नै लक्ष्य बोकेर
मान्छेका आकृतिहरू तर्सिरहेछन्
उनीहरूले बनाएका मिसाइलसँगसँगै
हाँसिरहेछ, गिज्याइरहेछ कोरोना
यिनीहरूलाई, वर्तमान युगमा ।
हावाको कैदमा बसिरहेछ मान्छे
कुनै सहरबाट, अर्को सहरको गल्लिबाट
चिच्याइरहेछिन् मगर्नी बैनी
बिलौनै बिलौनाको सञ्चार
पुर्पुरोमा बज्रिन्छ बज्रपात
हामीले ल्याएका स्वतन्त्रताका पहाडहरू
आफैँ आफैँ भासिरहेका छन्
बाटाहरू अवरोध गर्दै ।
अधिकारका ठेकेदारहरू चुप छन्
मान्छेहरू लख काटिरहेछन्
उता मगर्नी बैनी
मलाई बचाओ बचाओ भनेर
अलाप गरिरहेछिन् ।
कस्तो जिन्दगी, कठै !
(साभार कपन बानेश्वर साहित्यिक साप्ताहिक )