तारकेश्वर नगरपालिका वडा नं ११ मा आज बाट राहत वितरण शुरु

तारकेश्वर नगरपालिका वडा नं ११ मा आज बाट राहत वितरण शुरु

कपन अनलाइन

काठमाडौँम, चैत्र २७  तारकेश्वर नगरपालिका वडा नं ११ले आज बाट राहत वितरण  गरेको छ ।  विश्व ब्यापी  महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा  तारकेश्वोर नगरपालिकामा ११  मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ   राहत को लागि  वितरण गरिएको कुपन अनुसार भिड भाड नगरी  राहत वितरण गर्न लागिएको हो ।

तारकेश्वर नगरपालिका वडा नं ११ मा गठित विपद व्यवस्थापन समितिले राहतको लागि संकलन गरेको २ जना सम्म सदस्य भएका ११६ परिवार र ३ वा ३ भन्दा माथि सदस्य भएका ४६७ परिवार गरि कुल ५८३ परिवारलाइ  राहत वितरण गर्न लागिएको हो । आज तारकेश्वर नगरपालिका वडा नं ११ स्थित  नेपाल राष्ट्रिय मा .बि. (एन.आर  ) कलेज नेपालटारको  ब्कमा बितरण गर्न लागेको वडा सदस्य प्रज्ज्वल बिक्रम थापाले कपन अनलाइन लाइ बताए।

राहत वितरण दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै  यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझ्न पनि उनले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।