नगरपालिकाको कोषमा मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ ५१ हजार ५ रुपैया
कपन अनलाइन
काठमाडौं ,चैत २६।
मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ ।
बागमती प्रदेस का प्रदेस सभा सदस्य तथा फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला , मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्का ,धुर्व भट्टराई ,निशा बराल , टिकेश नारायण श्रेष्ठ,कमला पन्त ,शोभा तिमल्सिना सहितको टोलीले नगर प्रमुख खरेललाई ५१ हजार ५ रुपैया हस्तान्तरण गरेको थियो।
रकम हस्तान्तरण गर्दै फाउन्डेसनले विपदको समयमा सबैले सहयोग गरेर नगरपालिकाको प्रकोप नियन्त्रण तथा रोकथाम अभियानलाई सफल बनाउन सहयोग गरेको जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।