लकडाउनको मौका छोपेर शंखरापुर- ३ मा केहि व्यक्ति द्वारा अनाधिकृत रुपमा ढुंगा विक्री

लकडाउनको मौका छोपेर शंखरापुर- ३ मा केहि व्यक्ति द्वारा अनाधिकृत रुपमा ढुंगा विक्री

कपन अनलाइन

काठमाडौं ,चैत २६।

लकडाउनमा नगरपालिका र सुरक्षा निकाय व्यस्त बनेको मौका छोपेर शंखरापुर नगरपालिका वडा नं ३ का केहि अवान्छित तत्वहरुले वडाको पोखरी खोलाका ढुंगा दोहन गरे पछी वडाले सुचना निकालेर तुरुन्त रोक्न निर्देशन दिएको छ ।

वडाका जनप्रतिनिधि राहत र जनसेवामा रहेका वेलामा वडाका केहि प्राकृतिक सम्पत्ति दोहन गर्न पल्केका माफियाहरुले गरेको उक्त कार्य तुरुन्त रोक्न अन्यथा कारवाही हुने जनाउदै वडाले वेचविखन भएको ढुंगाको रकम जम्मा गर्न पनि निर्देशन दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।