काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन

काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन

काठमाडौं महानगरपालिका वडा नम्बर– ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ ।

नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमति स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो । जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ ।

कोरोना भाइरसको शंका लागेका बिरामीका लागि क्वारेन्टाइन बनाइएको हो । ‘अहिलेलाई २४ बेडको भए पनि आवश्यक परेमा १ सय जनासम्म राख्न सक्न्छि,’ प्रदेश सांसद नारायण सिलवालले,’ क्वारेन्टाइनमा डाक्टर र एम्बुलेन्ससहितको टोली राखिएको छ ।’ कोरोना भाइरस नियन्त्रण तथा रोगथामका लागि क्वारेन्टाइन बनाइएको उनले बताए ।

‘कोरोना भाइरसको आशंका भएका व्यक्तिलाई सुरुमा उसको हिस्ट्री तयार पार्ने , अनि क्वारेन्टाइन वा आइसोलेसनमा राखेर परीक्षण गर्ने र आवश्यक परे अस्पताल लैजाने व्यवस्था गरिएको छ,’ सांसद सिलवालले बताए  ।

क्वारेन्टाइनका लागि बागमती स्कुलका प्रिन्सिपल सुरेन्द्र सिटौलाले ठाउँ उपलब्ध गराएका हुन् । क्वारेन्टाइनका लागि आवश्यक सहयोग गर्ने वडाअध्यक्ष मोहन विष्टले बताए ।

१ हजार ९ सयलाई राहत वितरण लकडाउनका कारण दैनिक गुजरा चलाउन समस्यामा परेका मजदुरलाई वडा नम्बर ४ ले राहत वितरण पनि गरेको छ । ज्यालामा काम गर्ने मजदुरका लागि राहत वितरण गरिएको वडाअध्यक्ष विष्टले बताए ।

प्रदेश सांसद शिलावाले संयोजनमा १ हजार ९ सयलाई राहत वितरण गरिएको हो । महानगरपालिकाले पनि ३२ वटै वडामा राहत सामग्री वितरण गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।