टोखा नगरपालिका वडा नं २ ले बजार अनुगमन शुरु

 टोखा नगरपालिका वडा नं २ ले बजार अनुगमन शुरु

कपन अनलाइन

काठमाडौं ,चैत २४।

टोखा नगरपालिका वडा नं २ ले बजार अनुगमन शुरु गरेको छ।

सोमबार सर्वपक्षिय सदस्य समिलित खाद्यान्न सामग्री तथा अनुगमन उपसमितिले दुई टोलिमा विभाजित गरी किराना, तरकारी तथा खुद्रा पसलहरुको अनुगमन गरिएको खाद्यान्न सामग्री तथा अनुगमन उपसमितिका संयोजक तथा वडा सदस्य पञ्जकुमारी श्रेष्ठले बताईन ।

यो विषम परिस्थितिमा बजारमा उपलब्ध अति आवश्यक दैनिक उपभोग्य खाद्य सामग्री सहजतापूर्वक बजार मूल्यमा एकरूपता कायम गरी विक्रीवितरण गरी जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्दै आफ्नो मानवीय धर्म पुरा गरी उपभोक्तालाई सहयोग गर्न अनुगमन उपसमितले व्यवसायिहरुमा अनुरोध गरेका छन् ।

उक्त अनुगमन उपसमितिले बजार अनुगमन पश्चात बसेको बैठकबाट राँगाको मासु प्रति केजि रु.३२० देखि ३७० सम्म मुल्य कार्यम गर्ने र सोको जानकारी प्रत्यक मासु पसललाई गराउने निर्णय समेत गरेका छन् । लकडाउन भएसँगै राँगाको मासुमा मुल्य बढेको जनगुनासा बाहिरी रहेको अवस्थामा उपसमितिले यस्तो निर्णय गरिएको अनुगमन उपसमितका संयोजक श्रेष्ठले जानकारी दिईन ।

यसका साथैआफ्नो वडामा सञ्चालित कृषि फामहरुको नाम संकल्न तथा त्यसको अनुगमन समेत गर्ने समितिले जनाएका छन् ।

बजार अनुगमनका क्रममा एक दुईवटा खुद्रा पसलमा मिति सकिसकेको बिस्कुट समेत भेतिएको र ती मिति सकिसकेको खाद्य बस्तु तुरुन्त हताउन र अर्को चोटि अनुगमनका क्रममा फेला परेमा कानून बमोजिम कार्वाहि गर्ने चेतावनी दिएको श्रेष्ठले बताईन ।

उक्त खाद्यान्न सामग्री तथा अनुगमन उपसमितिमा पञ्च कुमारी श्रेष्ठको संयोजकत्वमा सुमन श्रेष्ठ, राजकाजी डंगोल, विशोक डंगोल, हेराकाजी डंगोल र रवि डंगोल सदस्य रहेका छन् ।फोटो :न्युज अफ टोखा

तपाइँको प्रतिक्रिया ।