युग कवि सिद्धिचरण श्रेष्ठको १०१ औं जन्मजयन्ती आज

युग कवि सिद्धिचरण श्रेष्ठको १०१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजधानीमा युग कवि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरी सम्झना गरियो । बि.सं १९६९ सालमा ओखलढुंगामा जन्मिएका श्रेष्ठलाई नेपाली तथा नेपाल भाषाका महान् स्रष्टा मानिन्छ । १९९७ सालमा क्रान्ति बिना शान्ति हुदैन भन्ने उद्गार लेखेबापत श्रेष्ठले १८ बर्षको जेलजीवन भोगेका थिए । बि.सं १९८४ देखि नै कविता लेख्न थालेका श्रेष्ठले १९९० मा भुईचालो शिर्षकको कविता प्रकाशन गरेर नेपाली काव्य जगतमा प्रकट भएका थिए ।

राणा शासनको कठोर समयदेखि कविताका माध्यमबाट क्रान्तिको सन्देश फिजाउँने र युगको आवाज घन्काउने सिद्धिचरणले २००७ सालको परिर्वतनपछि नेपाली साहित्यको वहुआयामिक सम्बद्र्धनमा निरन्तरता दिएका थिए । नेपालको प्रथम राष्ट्रिय गान २००५ का रचयिता श्रेष्ठ नेपाल भाषामा कविरत्नका रुपमा विभूषित छन् । उनका नेपाली भाषामा कोपिला कविता संग्रह, मेरो प्रतिबिम्ब कविता संग्रह, उर्वशी खण्डकाव्य, आँशु खण्डकाव्य लगायत दुई दर्जन कृति प्रकाशित छन् ।

तपाइँको प्रतिक्रिया ।