ललितपुरको इमाडोल क्षेत्रमा तनावअझै जारी

८ जेठ,बन्दका क्रममा ललितपुरको ग्वार्को, इमाडोल लगायतका क्षेत्र बढी तनावग्रस्त बनेका छन् । ती क्षेत्रमा भएको झडपमा थुप्रैं व्यक्ति घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपमा घाइते भएकाको उद्धारका लागि एम्बुलेन्स पुग्न समेत धौ–धौ परेको थियो । त्यहाँ समाचार संकलनका लागि पुगेका केही पत्रकार र प्रेसका सवारी साधन समेत तोडफोड भएका छन् । इमाडोल क्षेत्रमा अहिले पनि तनाव नियन्त्रण भइसकेको छैन । सो क्षेत्रमा दुवै पक्षले कोणसभा समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।