अत्यावस्यक पसल खोलेर जोखिम नमोलौ बैकल्पिक उपाय खोजौ : सांसद कृष्ण राई
कपन अनलाइन
काठमाडौं ,चैत १५।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले जनताको सेवामा खाद्यान्न र अन्य पसलहरु खोल्दा जनस्वास्थ्यमा सचेत हुनुपर्ने बताएका छन।
अहिले जनतालाई दैनिक उपभोग्य सामाग्री उपलव्ध गराउनका लागि अन्य बैकल्पिक उपाय खोजि गरेर पसलहरुका सम्पर्क नम्बर सार्वजनिक गरेर आवस्यकताका आधारमा किनमेलको प्रवन्ध गर्नु पर्ने बताउदै सांसद राईले अहिलेको विषम परिस्थितिमा अरु अधिकारको खोजि गर्नु भन्दा पनि मानव जीवन रक्षाको अधिकार मुख्य भएको धारणा राखेका छन।
जनतालाई सहज सेवा पुर्याउनु प्रमुख दायित्व भएता पनि विश्व नै जुध्नु परेको यो विषम समयमा अलिकति समस्या परे पनि त्यो सहनु पर्ने बताउदै अध्यक्ष राइले पसलहरुमा हुने भिडमा सामाजिक दुरी कायम गर्न नसके यसले ठुलो जोखिम निम्त्याउन सक्ने बताएका छन।
मानिसहरुको आवतजावत बढे संगै त्यहा संक्रमणको खतरा हुने हुदा सबै बिक्रेताहरुको सम्पर्क नम्बर सार्वजनिक गरेर जनप्रतिनिधि,सेना प्रहरी,संचारकर्मी तथा आधिकारिक स्वयंसेवकहरुले सुरक्षा सावधानी अपनाउदै जनतालाई सेवा दिन सक्ने तर्फ ध्यान दिनुपर्ने सांसद राईको धारणा रहेको छ।
“मान्छेले भाईरस देख्दैन,भाईरसले मान्छे छोड्दैन” भन्दै राईले अहिलेको समयमा सरकारले दिएको निर्देशन पालना गरेर केहि कठिनाइ सहेर भए पनि सुरक्षित रहनका लागि अनुरोध गर्दै सांसद राईले सुरक्षित तरिकाले सामान खरिदबिक्री गर्ने/गराउने तर्फ सबैले सचेत हुनुपर्ने बताएका छन।
त्यस्तै अहिलको समयमा जनताको सेवामा सक्रिय रहेका जनप्रतिनिधिले धेरै स्थानमा सुरक्षा सचेतना नअपनाएको देखिएको बताउदै अध्यक्ष राईले सबै जनप्रतिनिधिलाई आवस्यक सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका छन ।
सांसद राइको अपिल :
नगरपालिका / वडा कार्यालयहरुले खाध्यान्नको लागि भनेर पसल खोल्ने तालिकामा अगाडि बढेको देखियो। खानेकुराको समाधान खोज्दा “कोरोना सङ्क्रमण”नहोस् भन्ने कुरामा त्यत्तिकै ध्यान पुग्नु जरुरी छ। पसल खुलाएपछि हुनसक्ने जबर्जस्ती भीडभाडको नियन्त्रण हुनसकेन भने “लकडाउन”को के अर्थ? “मान्छेले भाईरस देख्दैन,भाईरसले मान्छे छोड्दैन।”
१० /१५ दिन बाँच्नका लागि यही नै चीज खानुपर्छ भन्ने छैन।
# बरु समाधान यसरी हुनसक्छ कि-
१.) सबै बिक्रेताहरुको सम्पर्क नम्बर सार्वजनिक गर्ने (वडा कार्यालय,जनप्रतिनिधि ,अाधिकारिक स्वयंसेवक ,प्रहरी /सेना,सञ्चारमाध्यमबाट आमजनतामा पुर्याउने) र आवश्यकताको आधारमा सुरक्षित तरिकाले सामान खरिदबिक्री गर्ने/गराउने(सुरक्षित भनेको सरकार र आधिकारिक निकायले भने अनुसार)।
२.) औषधी पसल(मेडिकल/अस्पताल) वाहेक कुनै पनि पसल दिनभरि वा घण्टाैंसम्म खुलाउन नदिने।
# घरमै बसौं , सुरक्षित रहौं।
आफू बाँचौं र अरुलाई पनि बचऔ। *
सङ्कटको बेला अरु अधिकारको होइन समाधानको उपाय खोजी गर्ने हो ।*