अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको अनुरोध
कपन अनलाइन
काठमाडौं चैत्र १२। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापाले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले नगरपालिकाले विदेश बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै नगर प्रमुख थापाले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।
कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाले तयारी तीव्र बनाएको जानकारी गराउदै विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै नगर प्रमुख कृष्ण हरि थापाले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी दिएका छन ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पताल जुन २५ बेडको अस्पताल खोल्न तयारी भैरहेको अस्पतालमा २ वटा रूममा आइसोलेसन रुमको लागी तयारी अबस्थामा राखिएको जसमा स्वास्थ्यकर्मीहरुलाई पनि तयारि अवस्थामा राखिएको जानकारी गराए ।उनले कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको नगर प्रमुख सहितको टोलीले अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराए।
उनले कागेश्वरी मनोहरा नगरपालिकाले बिभिन्न वडामा मास्क वितरण गरिएको जानकारी गराउदै नगरवासीलाई धन्यवाद सहित नगरप्रमुख थापाले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए ।त्यस्तै यस विचमा नगरपालिकाका पसल वा अन्य सेवा उपलव्ध गराउने संस्थाले कुनै कालोबजारी वा अवान्छित गतिविधि गरेको खण्डमा नगर प्रमुख ९८५१०२७१२१, उपप्रमुख ९८४३०१५७९९, नगर प्रवक्ता ९८५१०९४९२२ र नगरप्रहरी ९८४९४२०३४० र ९८६००३४८१० नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् अनुरोध गरेका छन ।
उनले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि अनुरोध गरेका हुन। उनले प्रहरी संग समन्वय गरि नगरपालिकाको गाडी, एम्बुलेन्स तयारी अवस्थामा राखिएको पनि जानकारी गराए । कागेश्वोरी मनोहरानगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख थापाले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका छन ।