महामारीमा सचेत बनौ : अध्यक्ष नबराज केसी (चम्पादेवी गाउँपालिका )

महामारीमा सचेत बनौ : अध्यक्ष नबराज केसी (चम्पादेवी गाउँपालिका )

कपन अनलाइन

ओखलढुंगा ,चैत १२।

चम्पादेवी गाउँपालिका ओखलढुंगाका अध्यक्ष नबराज केसीले कोरोना भाइरस बाट बच्नका लागि सचेतना अपनाउन गाउँ पालिका वासीलाई अनुरोध गरेका छन।

अध्यक्ष केसीको अपिल :

आदरणीय चम्पादेबी गॉउपालिकावासी आमा बुवा,दिदी बहिनी ,दाजु भाइ ,
अहिले बिश्वब्यापि रुपमा फैलरहेको कोरोना भाइरस को महामारिले धेरै मानिसहरुको ज्यान लिइसकेको र अझै लिने क्रमको तिब्रता बढिरहेको कुरा यहॉहरुमा जगजायरै छ।

नेपालपनि कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गर्दै सरकारले हामि नेपाली जनताहरुलाइ यस महामारीबाट जोगाउने प्रयासका लागि लकडाउन गरेको हो।

यो प्रयास हामी सबै मानव-कल्याणका लागि हो ।सिंगाे संसार काेराेनासंग लडिरहेकाे छ।हामिपनि घर भित्रै बसेर यो लडाई लड्न सक्छौ। यस्लाइ हेलचेक्राईँ गरेर कृपया हिंडडुल नगरौं ।अत्यावश्यक कामबाहेक सबै घर/घरमै बसेर जिम्मेबार नागरिक बनौं।गॉउका कोही ब्यक्ति भर्खरै बिदेश बाट आउनुभएको छ भने।बिभिन्न वाडमा गाउँपालिकाले कोरोना सतर्कता स्वास्थ्य युनिट खडा गरेको छ।

गॉउपालिकाको आधिकारिक पेजमा संपुर्ण वडाका स्वास्थ्य प्रमुखको फोन नं राखिएको छ संपर्क गरि स्वास्थ्य परिक्षण गर्नुहोला।घरभित्रै स्वनिगरानीमा बसौ।

स्वास्थ्य सुरक्षाका लागि संपुर्ण पालिकाबासि नागरिकले स्वास्थ्य मन्त्रालयले जनहितमा जारि गरेको कोरोना बाट बच्ने सरल उपया अपनाउ यस्तो डरलाग्दो महामारिलाइ संपुर्ण नागरिक एक भइ संयमित भएर हातेमालो गरि परास्त गरौ।

आफु पनि सुरक्षित हौ र अरुलाइ पनि सुरक्षित बनाऔ!!,,केही समस्या परेमा मलाइ संपर्क गर्नुहोला मेरो फोन २४घन्टा खुल्ला रहने छ,म संधै तपाइहरुको माझमा र साथमा रहनेछु।सम्पुर्ण चम्पादेबी गॉउपालिका बासिहरुमा सुरक्षित बसाइका साथै सुस्वास्थ्यको कामना गर्दछु।नमस्कार!!जयनेपाल!!फ्यापुल्ला!!झोर्ले!!जोजोलोप्पा!!तारेमाम!!

सम्पर्क :

तपाइँको प्रतिक्रिया ।