आफ्नो सवारी आपतकालीन सेवामा प्रयोग गर्न दिने बुढानिलकण्ठ उपप्रमुख रमा राईको घोषणा

आफ्नो सवारी आपतकालीन सेवामा प्रयोग गर्न दिने बुढानिलकण्ठ उपप्रमुख रमा राईको घोषणा

कपन अनलाइन

काठमाडौं ,चैत १२।

बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राईले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणकोप्रयास भैरहेको समयमा कुनै पनि आपतकालीन अवस्था आएमा आफ्नो सवारी साधन प्रयोग गर्न सकिने घोषणा गरेकी छन ।

नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गरेको आवस्था कुनै आपतकालीन अवस्था र जनताको सेवाका लागि प्रहरी र जनप्रतिनिधिले आफ्नो सवारी साधन प्रयोग गर्न सक्ने घोषणा गरेकी उपप्रमुख राइले यस समयमा सबैले सचेत बन्नु पर्ने बताएकी छन ।

साथै यो समयमा विदेस बाट आएका नगरवासीको स्वास्थ्य जांच बिज्ञ बाट जनप्रतिनिधिको सहयोगमा गरिरहेको जानकारी दिदै त्यस्ता कुनै व्यक्ति भए वडा कार्यालयमा सम्पर्क गर्न अपिल गरेकी छन ।

उपप्रमुख राईको घोषणा :

तपाइँको प्रतिक्रिया ।